प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले ल्याएको अफरमा कस्ता छन् सुविधाहरु ? « Arthapath.com
६ फाल्गुन २०८०, आईतवार

प्रजातन्त्र दिवसको अवसरमा टेलिकमले ल्याएको अफरमा कस्ता छन् सुविधाहरु ?



काठमाडौं । नेपाल टेलिकमले प्रजातन्त्र दिवसको अवसरमा विभिन्न अफर उपलब्ध गराएको छ । टेलिकमले वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारका साथै प्रिपेड र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न प्रकारका अफर उपलब्ध गराएको हो ।

देशमा प्रजातन्त्र/लोकतन्त्र/गणतन्त्र प्राप्तिको लागि आहुति दिने वीर शहिदहरुको सम्मानार्थ शहिद परिवारलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराउने छ ।

साविक बमोजमको फ्रि रिसोर्स अर्थात १ जीबी डाटा, १०० मिनेट अन–नेट भ्वाइस र १०० अन–नेट एसएमएस सुविधा भएको तथा ३० दिन सम्म सो रिसोर्स चलाउन मिल्ने सिमकार्ड शहिद परिवारलाई नि:शुल्क उपलब्ध गराइने छ । एफटीटीएच अन्तर्गत ५० एमबीपीएसको वार्षिक वान टाइम प्याकेज र कम्बो वार्षिक वान टाइम प्याकेजमा सहुलियत प्रदान गरिएको छ ।

उक्त अफरहरु आजैदेखि प्रारम्भ भएको छ । उक्त अफर आगामी फागुन १२ सम्म उपलब्ध हुनेछ । कम्पनीको प्रिपेड तथा पोस्टपेड मोबाइलका ग्राहकहरुलाई विभिन्न प्रकारको प्याकेज उपलब्ध गराइएको टेलिकमले जनाएको छ ।

यस्तै, १ एमबीपीएस अनलिमिटेड डाटाका साथमा नेपाल टेलिकमकै नेटवर्कमा प्रयोग गर्न सकिने १०० मिनेट भ्वाइस कल सुविधा सहितको प्याकेजका साथै ६ जीबी, १३ जीबी, २० जीबी र ३० जीबी डाटा प्याकेज तथा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा सहितको फेस्टिभ कम्बो प्याक समेत उपलब्ध छ ।

आगामी फागुन १२ गतेसम्म आफ्नो मोबाइलबाट ८ज्ञद्धज्ञछ८ज्ञज्ञ३ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी यी प्याकहरु उपयोग गर्न सकिन्छ ।


प्रतिक्रिया दिनुहोस्