भिभो भी–३० सार्वजनिक हुन अगावै नेपाल आइडलको जज जोशीको हातमा « Arthapath.com
१८ फाल्गुन २०८०, शुक्रबार

भिभो भी–३० सार्वजनिक हुन अगावै नेपाल आइडलको जज जोशीको हातमा



काठमाडौं । होटल सोल्टीमा यही फेब्रिअरी २९ तारिखमा आयोजित एक औपचारिक प्रेस मिटमा नेपाल आइडल सिजन ५ की लोकप्रिय जज इन्दिरा जोशीले रिलिज हुनै बाकीँ रहेको नयाँ भिभो भी–३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा चासो बढेको छ ।

यो फोनको बारेमा विस्तृतमा विवरणहरुको आइसकेको छैन यद्यपी यसको प्रारम्भिक झलकबाटै भी३० स्मार्टफोनमा आकर्षक र डिजाइन हुने अनुमान गरिएको छ ।

फोन फोटोग्राफीमा क्रान्ति ल्याउदै क्यामेरा एडभान्समेन्टमा पनि विशेष गरी पोट्र्रेट क्षमतामा बलियो फोकस रहेको दर्शाउँछ । भी२९ को स्मार्ट कलर टेम्परेचर एडजस्टमेन्टको सफलतापछि, भी३० मा औरा लाइट पोट्र्रेट विशेषता रहेको छ जसमा टाँढा दूरीमा रहेका वस्तुलाई पनि गुणस्तरीय पोट्र्रेटमा खिच्न मिल्ने डिस्टेन्स सेन्सेटिभ लाइटिङको विशेषता प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यसको साथै, फोनमा आकर्षक ग्रुप फोटोहरू र परिदृश्यहरू खिच्नका लागि शक्तिशाली ५० एमपी अल्ट्रा–वाइड–एंगल क्यामेरा आउँने अपेक्षा गरिएको छ ।

इन्दिरा जोशीले प्रयोग गरेको देखिएकोे फोन भी३० क्लासिक “नोबल ब्ल्याक” रंगमा रहेको र यो फोन विभिन्न डिजाइन विकल्पहरूमा आउने संकेत गरेको छ । पर्फमेन्सको सन्दर्भमा, भी३० स्मार्टफोनमा ५००० एमएएच ब्याट्री र ८० वाट फ्ल्यास चार्ज आउनेछ र यो एक स्लिम फोन हुनुको साथै सहज प्रयोगकर्ता अनुभवको लागि स्न्यापड्रेगन ७ जेन ३ प्रोसेसर साथ आउनेछ ।

फोनले प्रिमियम लुक र स्मूद भिजुअलको लागि १२० हर्ट्ज रिफ्रेस रेटको साथमा थ्रीडी कर्भ स्क्रिन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

यो संगै, भिभो भी३० स्मार्टफोनको लन्चको लागी प्रयोगकर्ताहरुमाझँ उत्साह बढेको छ । सुन्दरता, उन्नत क्यामेरा सुविधाहरू, र उत्कृष्ट कार्यसम्पादनको प्रतिज्ञा गर्दै भिभोले स्मार्टफोन क्षेत्रमा एक पटक फेरि तरंगहरू ल्याउन तयारी गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्