दुई दिनमै ३ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स चैट, किन धमाधम खारेज गरिरहेको छ प्राधिकरण ? « Arthapath.com
६ कार्तिक २०८१, मंगलवार

दुई दिनमै ३ इन्टरनेट सेवा प्रदायकको लाइसेन्स चैट, किन धमाधम खारेज गरिरहेको छ प्राधिकरण ?



काठमाडौं । दुई दिनमै तीन वटा इन्टरनेट सेवा प्रदायकको इजाजतपत्र (लाइसेन्स) खारेज भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले सोमबार र मंगलबार (कात्तिक ५ र ६ गते) तीन वटा इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज गरिदिएको हो ।

तोकिएको शर्त पालना नगर्ने र समयमा नै नवीकरण नगर्ने कम्पनीहरुको लाइसेन्स गरिएको प्राधिकरणले जनाएको छ । सोमबार मात्रै प्राधिकरणदे इमेलसहितको सेवा दिने सीडाटा कम्युनिकेस र लाइफ नेटको लाइसेन्स खारेज गरेको थियो ।

मंगलबार फेरि अर्को सूचना प्रकाशन गर्दै थप एक कम्पनीको लाइसेन्स खारेज भएको जनाएको छ । मंगलबार इमेलसहितको सेवा प्रदान गर्ने रेग्मी मिडिया इंक प्रालिको लाइसेन्स खारेज भएको हो । सो कम्पनीले २०७१ असोज २३ मा इन्टरनेट सेवा सञ्चालनको लागि प्राधिकरणबाट अनुमति पाएको थियो ।

प्राधिकरणका अनुसार गत असोज २३ देखि नै कम्पनीको लाइसेन्स रद्द भएको हो । सेवाप्रदायकलाई नेपाल दूरसञ्चार ऐन २०५३ को दफा २५ (५) बमोजिम कारवाही सहित लाइसेन्स रद्द भएको प्राधिकरणले जनाएको छ । अब तर्न बुझाउनपर्ने रकमका सम्बन्धमा ३० दिनभित्र सम्पर्क गर्नुपर्ने अन्यथा कानून बमोजिम थप कारवाही हुने सूचनामा उल्लेख छ ।

यता, सोमबार मात्रै लाइसेन्स खारेज भएको लाइफ नेटले प्राधिकरणबाट २०७६ भदौ ३० गते अनुमति पाएको थियो भने सी डाटा कम्युनिकेसनले भने २०७६ माघ १९ गते अनुमति पाएका थियो । तर, समयमा नै अनुमतिपत्र नवीकरण नगराएको र तोकिएको दस्तुर नतिरेपछि प्राधिकरणले ती सेवा प्रदायकको लाइसेन्स खारेज गरिदिएको हो । नेपाल दूरसञ्चार प्राधिकरण ऐन २०५३ को दफा २५ (५) अनुसार इजाजतपत्र खारेज भएको सूचनामा उल्लेख छ ।

सी. डाटा कम्युनिकेसनले शर्त बमोजिम सेवा संचालन नगरेको सूचनामा उल्लेख छ । प्राधिकरणले लाइफ नेटलाई भने सूचना प्रकासित भएको ३० दिन भित्र नेपाल दूरसञ्चार प्राधिकरणसमक्ष सम्पर्कमा आउन पनि सूचित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्