एनसीएचएल र क्यानबीच एनपीएलको लागि साझेदारी « Arthapath.com
१४ मंसिर २०८१, शुक्रबार

एनसीएचएल र क्यानबीच एनपीएलको लागि साझेदारी



काठमाडौं । क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) र नेपाल क्लियरिङ्ग हाउस बीच नेपाल प्रिमियर लिग २०२४ को अफिसियल एम्पायर पार्टनरको रूपमा नेपालपे क्यूआर हुनेगरी साझेदारी भएको छ ।

उक्त साझेदारीको घोषणा क्यानका सचिव पारस खड्का र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले आज एक औपचारिक कार्यक्रममा गरेका छन् ।

नेपालको पहिलो क्रिकेट लिग एनपीएल १५ मंसिर, २०८१ देखि टियूको क्रिकेट मैदानमा शुरु हुन लागिरहेको छ । राष्ट्रिय स्तरको भुक्तानीको पूर्वाधारहरु प्रदान गर्दै आएको एनसीएचएलले नेपाली क्रिकेटलाई समर्थन गर्न नेपालपे क्यूआरमार्फत एनपीएल २०२४ मा औपचारिक रुपमा आवद्ध भएको छ । उक्त साझेदारीले नेपाली क्रिकेटको विकासमा सहयोग पुग्नुका साथ यसको विकासमा टेवा पुग्ने विश्वास लिइएकोे छ ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गतको नेपाल क्यूआर मापदण्ड कार्यान्वयन गर्न, नेपालपे क्यूअर एक स्वतन्त्र क्यूआर स्किमको रुपमा सञ्चालन हुनुको साथै मर्चेन्ट तथा नेटवर्क लेभलको अन्तरआबद्धता कायमगर्दै आएको छ ।

बैंक वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुले नेपालपे क्यूअरको अन्तरआबद्ध नेटवर्कमा ८ लाख ७५ भन्दा बढि मर्चेन्टहरु आबद्ध गरेका छन् । ग्राहकहरुले ४० वटा मोबाइल बैंकिङ्ग एप, ११ वटा वालेट एप तथा कनेक्टआइपीएसबाट नेपालपे क्यूअरमा सहजै भुक्तानी गर्न सक्ने ब्यवस्था रहेको छ ।

थप जानकारीको लागि www.nchl.com.np मा जानुहोस् ।


प्रतिक्रिया दिनुहोस्