नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस « Arthapath.com
१२ पुष २०८१, शुक्रबार

नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस



काठमाडौं । विश्वव्यापी सीएसआर पहल सामसङ इनोभेसन क्याम्पसमार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ। त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्ष पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ। यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ।

सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवाहरुलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको “टुगेडर फर टुमरो! इन्एबलिंग पिपल“ को उदेश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ। लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो।

प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख श्री इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग के.सी र डिन प्रा डा सुशील बी बज्राचार्य लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक सफ्ट–स्किलहरूलाई पनि जोड दिन्छ।

आगमन ब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्नेछ। यस पहलको उद्देश्य नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टमको पालनपोषण गर्नु हो, जसले विद्यार्थीहरूलाई विकसित डिजिटल परिदृश्यमा फस्टाउन तयार पार्नेछ।

शिक्षा र नवप्रवर्तनप्रति निरन्तर प्रतिबद्धताले सामसङको दिगो, सकारात्मक परिवर्तन सिर्जना गर्ने विश्वासलाई जोड दिन्छ। सामसङ इनोभेसन क्याम्पस जस्ता पहलहरू मार्फत कम्पनीले नेपाल र नेपाल बाहिरका लागि उज्यालो भविष्य निर्माण गर्न नयाँ पुस्ताका आविष्कारकहरूलाई सुसज्जित गरिरहेको छ।


प्रतिक्रिया दिनुहोस्