प्राधिकरणले खारेज गर्यो र्यापिड युनिक इन्टरनेटको लाइसेन्स
काठमाडौं । र्यापिड युनिक नामको इन्टरनेटको अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ ।
नेपाल दूरसञ्चार प्राधिकरणले इमेलसहितको इन्टरनेट सेवाका लागि तोकिएको शर्त पालना नगरेको भन्दै लाइसेन्स खारेज गरिदिएको हो ।
कम्पनीले २०७६ मंसिर १९ गते प्राधिकरणबाट इ–मेलसहितको इन्टरेनट सेवाका लागि लाइसेन्स प्राप्त गरेको थियो । तर, नविकरणका लागि तोकिएको समयावधिभित्र नियमानुसार निवेदन पेस नगरेकाले लाइसेन्स खारेज भएको हो । प्राधिकरण अनुसार दुरसञ्चार ऐन, २०५३ को दफा २५ (५) बमोजिम लाइसेन्स रद्द भएको छ ।