फुडमाण्डु अब बुटवलमा पनि « Arthapath.com
१० माघ २०८१, बिहीबार

फुडमाण्डु अब बुटवलमा पनि



बुटवल । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले औपचारिक रूपमा बुटवलमा आफ्नो सेवाको सुरुवात गरेको छ । बिहीबार बुटवलको डि क्राउन इनमा आयोजित उद्घाटन कार्यक्रममा यसको घोषणा गरिएको हो ।

काठमाडौं, ललितपुर, भक्तपुर, पोखरा र चितवनमा आफ्नो सेवा विस्तार गरिसकेको फुडमाण्डुले १ हजारभन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गर्दै ३ लाखभन्दा बढी ग्राहकवर्गलाई सेवा पु¥याउँदै आएको छ ।

कम्पनीले हालै ʻवानमार्ट’ नामक नयाँ सेवाको पनि सुरुवात गरेको छ जसले किराना तथा अन्य उपभोग्य वस्तुहरुको तुरुन्त डेलिभरी गर्दछ ।

फुडमाण्डुले बुटवलमा २५ भन्दा बढी रेस्टुरेन्टहरूसँग साझेदारी गरिसकेको छ । यी रेस्टुरेन्टहरूमार्फत बुटवल, तिलोत्तमा, कोटिहवा, फूलबारी, पिप्रैया, सैना मैना र वरपरका क्षेत्रमा सहज खाना डेलिभरीको व्यवस्था गरिएको छ ।

रेस्टुरेन्टको नेटवर्क विस्तार गर्ने योजना अनुसार बुटवलवासीहरूले अब विविध स्वादका खानाहरू घरमै अर्डर गरी आनन्द लिन सक्नेछन् ।

बुटवल लन्चको खुसीयालीमा फुडमाण्डुले ‘हाइवुटवल’ प्रोमो कोड सार्वजनिक गरेको छ । यो प्रोमो कोड मार्फत बुटवलका ग्राहकहरूले फुडमाण्डु एप प्रयोग गरी प्रत्येक अर्डरमा ३० प्रतिशत अर्थात् अधिकतम २५० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् । यो अफर माघ महिनाभरका लागि लागू हुनेछ ।


प्रतिक्रिया दिनुहोस्