नेपाल टेलिकमको ‘भिओ वाइफाई’ को व्यवसायिक सुरुवात

काठमाडौं । नेपाल टेलिकमले भ्वाइस ओभर (भिओ) वाईफाईको शुभारम्भ गरेको छ ।
नेपाल टेलिकमले आफ्नो २१औं वार्षिकउत्सवको अवसरमा सेवाको व्यवसायिक सुरुवात गरेको हो । मंगलबार सञ्चार, सूचना तथा प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त सेवाको समुद्घाटन गरेका हुन् ।
यस प्रविधिमार्फत भिओ वाईफाई सपोर्ट गर्ने र भीओ एलटीई सेवा एक्टिभेट भएको जुनसुकै मोबाइल फोन बाट देश भित्र बाहिरबाट वाईफाई नेटवर्क मार्फत नेपाल टेलिकम कै मोबाइल नम्बर बाट भ्वाइस तथा एसएमएस प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।
हाललाई नेपाल भित्रबाट यो सेवा प्रयोग गर्दा साविक प्याकेजको भ्वाइस र एस एम एस रिसोर्ससेज तथा पे एस यू गो बराबर सेवा शुल्क लाग्ने नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीले बताइन् ।
नेपाल बाहिरबाट सेवा प्रयोग गर्दा आगमन कल निःशुल्क तथा बाहिर जाने कलको प्रतिमिनेट ३ रुपैयाँ लाग्ने कम्पनीले जनाएको छ ।