३ अन्तर्राष्ट्रिय र ३१ वटा आन्तरिक विमानस्थलमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउँदै टेलिकम « Arthapath.com
२२ माघ २०८१, मंगलवार

३ अन्तर्राष्ट्रिय र ३१ वटा आन्तरिक विमानस्थलमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउँदै टेलिकम



काठमाडौं । नेपाल टेलिकमले विभिन्न विमानस्थल निःशुल्क वाईफाई उपलब्ध गराउने भएको छ ।

टेकिमले तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल र ३१ आन्तरिक विमानस्थलमा निःशुल्क वाईफाई सेवा उपलब्ध गराउने भएको हो ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत सात प्रदेशका दुर्गम क्षेत्रका ६ हजार विद्यार्थीलाई विद्यालयका युनिफर्म र स्कूल व्याग वितरण गर्ने कार्य पनि अघि बढाएको छ ।

यस्तै, बाग्लुङ्ग कालिका भगवती मन्दिरमा शारीरिक अशक्त र वृद्ध दर्शनार्थीलाई सटल बस सेवा प्रदान गर्ने योजना रहेको कम्पनीकी प्रबन्ध निर्देशक संगीता पहाडीले जानकारी दिइन् । उनका अनुसार २० वृद्धाश्रम÷अनाथाश्रमलाई आवश्यक सामाग्री उपलब्ध गराउने काम पनि भइरहेको छ ।
यता, टेलिकमले १०० सरकारी र सामुदायिक विद्यालयलाई १ वर्षसम्म निःशुल्क एनटी फाइबर विथ टेलिफोन प्याकेज उपलब्ध गराउने लक्ष्य राखेको छ ।

सामुदायिक पुस्तकालयहरूमा ई–लाइब्रेरी सेवा उपलब्ध गराउने पहल समेत भइरहेको टेलिकमले जनाएको छ ।
यस्तै, दृष्टिविहिन र वृद्ध नागरिकलाई कम्प्युटर, सेतो छडी र थर्मस जस्ता उपयोगी सामग्री उपलब्ध गराउने कार्य पनि योजना अनुसार भइरहेको छ ।

बाढी, पहिरो र भूकम्प प्रभावित क्षेत्रलाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग पुर्याउने तथा विशेष महत्त्वका पार्कहरूको सौन्दर्य र हरियाली वृद्धिमा सहयोग गर्ने कार्यलाई निरन्तरता दिइएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्