‘फेसलेस सेवा’ विस्तार गर्ने सरकारको घोषणा, सबै सार्वजनिक सेवालाई अनलाइन

काठमाडौं । सरकारले सार्वजनिक सेवालाई थप प्रभावकारी बनाउन ‘फेसलेस सेवा’ विस्तार गर्ने भएको छ ।
शुक्रबार आगामी आर्थिक बर्ष २०८२-८३ का लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडलले यस्तो जानकारी गराएका हुन् ।
नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजीटल उपकरणको रुपमा विकास गरिने बताए । सम्भव भएसम्मका सबै सेवा अनइलान गरिने बताए ।
उनले भने,‘सार्वजनिक सेवालाई प्रभावकारी बनाउन ‘फेसलेस सेवा’ विस्तार गर्ने, नागरिक एपलाई सेवा प्रदान गर्ने मुख्य डिजीटल उपकरणको रुपमा विकास गरि सम्भव भएसम्मका सबै सेवालाई अनलाइन गर्ने’, उनले भने ।