आइटी क्षेत्रमा समृद्धिका लागि नयाँ कानुन, दक्ष जनशक्ति र पूर्वाधारमा जोड « Arthapath.com
१९ बैशाख २०८२, शुक्रबार

आइटी क्षेत्रमा समृद्धिका लागि नयाँ कानुन, दक्ष जनशक्ति र पूर्वाधारमा जोड



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मन्त्रालय सूचना प्रविधि मुलुकको सुशासन प्रवद्र्धन, समृद्धिर विकासको मुल आधार भएकाले यस क्षेत्रमा लगानी आवश्यक रहेको बताए ।

सूचना प्रविधिलाई नै चुस्त बनाउन मन्त्रालये समय सापेक्ष कानुन निर्माण गर्ने, पुर्वाधार सिर्जना गर्ने र दक्षजनशक्तिको बृद्धि गर्नेमा मुख्य जोड रहेको जानकारी दिए ।

दिवस–२०८२ (नेश्नल आइसिटि डे)’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले यस्तो बताएका हुन् । उनले प्रयाप्त आइटि इन्फास्टक्चरको अभाव हुँदा सूचनाप्रविधिले अझै व्यवसायमा समृद्धि पाउन नसकेको बताए । यसका लागि सरकारले लगानी गर्न आवश्यक रहेको प्रष्ट पारे ।

उनका अनुसार जसरी खेलकुद क्षेत्रको विकासका लागि खेल मैदान आवश्यक पर्छ उस्तै गरि आइटि विकास गर्न पुर्वाधार अनिवार्य निर्माण गर्नु पर्छ । ‘आइसिटि क्षेत्र निर्माण गर्ने इन्फास्टक्चरको अभाव छ’, उनले भने,‘कम्तीमा आइटि पार्क नभईनहुने देखिन्छ । हामी बनाउने योजनामा छौँ ।’

सञ्चार मन्त्रालयले आइटि क्षेत्रमार्फ राजस्ववृद्धि गर्ने देखि मुलुकमा सुशासन कायम गर्न र जनताको सेवालाई सुविधा सम्पन्न बनाउन सूचना प्रविधिको प्रयोग सहज बनाउने कार्यमा जोड दिएको बताए ।

जस अन्र्तगत मन्त्री गुरुङले विगतमा भएका पुराना कानुन हटाएर नयाँ नीति तथा कानुन तर्जुमा गर्ने, एकिकृत कार्यालय व्यवस्थापन प्रणाली (जिआइओएमएस) लाई स्थानीय तह, प्रदेश र केन्द्रीय सरकारी कार्यालयमा पुर्णरुपमा लागु गर्ने, दुरसञ्चारलाई समयाअनुकल बनाउन ऐन ल्याउने, फोजी देशभर पुर्याउने र फाइभ जी नेटर्वकलाई सुरुवात गर्ने, डाटा सेन्टर व्यवस्थीत गर्ने, आर्टिफिसियल इन्टेलिजेन्ट सम्बन्धी नीति ल्याउने, जिआईडिसीको सबलीकरण र आधुनिकिरण गरि थप डेटा सेन्टर स्थापना गर्ने लगायतका गतिविधिमा मन्त्रालयले काम गर्दै आएको जानकारी गराए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले सूचनाप्रविधि विनाको युग अब कल्पना पनि गर्न नसकिने हुँदा यसै क्षेत्रमा लगानी गरेर लाभ उठाउनु पर्ने बारे सझुाव दिए ।

सोही अवसरमा राष्ट्रिय योजना आयोगका सदस्य डा. प्रकाशकुमार श्रेष्ठले पछिल्लो समय आइसिटिक्षेत्रको प्रयोग बढ्दै जानु सकारात्मक भएपनि डिजीटल साक्षरता बढाउनु पर्नेमा जोड दिए । उनले आइटि क्षेत्रबाट राज्यको अर्थतन्त्रमा टेवा पुग्ने वातावरण सिर्जन गर्न पनि सुझाव दिए ।

श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशका मन्त्री प्रेमभक्त महर्जनले डिजीटल फेमवर्क बनाउने नेपाल सरकारको उदेश्यलाई सफलपार्न मन्त्रालयले डिजीटल सेवा प्रभावमा जोड दिएको बताए । ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरीबाबु महर्जनले सूचना प्रविधिको सदुपयोग गरेर महानगरपालिकालाई सभ्य, सुशासन र व्यवस्थीत गर्न सकिएको उदारहरण दिए ।


प्रतिक्रिया दिनुहोस्