ठूलो इन्टरनेट सेवा प्रदायक ‘वल्र्डलिंक’ : प्रतिस्पर्धाबीच पनि व्यापार किन चम्कियो ?

काठमाडौं । नेपालको इन्टरनेट बजारमा दशकौं यता दबदबा जमाइरहेको वल्र्डलिंक कम्युनिकेशनको व्यापारमा व्यापाक सुधार आएको छ ।
पछिल्लो एक वर्षमै व्यापार साढे ७ प्रतिशत बढाएको छ । कम्प्नीले गत वर्ष सन् २०२४ मा चकित पार्ने आर्थिक सफलता हात पारेको छ । कम्पनीले एकै वर्षमा ११ अर्ब १२ करोड रुपैयाँभन्दा बढीको व्यापार गरेको छ । यो अघिल्लो वर्ष २०२३ को तुलनामा भने ७.७० प्रतिशत बढी हो । अघिल्लो वर्ष कम्पनीले १० अर्ब ३३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।
सन् २०२२ मा मात्रै कम्पनीले ९ अर्ब ३९ करोड १९ लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । वल्र्डलिंकले हरेक वर्ष नयाँ उचाइ छोइरहेको छ । पछिल्लो तीन वर्षमै कम्पनीले ३० अर्ब ८५ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।
बजार माग, सेवा विस्तार र ग्राहक सन्तुष्टिमा केन्द्रित वल्र्डलिंक अहिले देशकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक बनेको छ । कुल बजारको ३२ प्रतिशत हिस्सा र ४० प्रतिशत ब्यान्डविथ उसकै कब्जामा छ ।
नाफा ३१ प्रतिशत, १० लाख ग्राहक, ७० जिल्ला कभरेज
हाल देशभर करिब ३१ लाख इन्टरनेट प्रयोगकर्तामध्ये १० लाख ग्राहकले वल्र्डलिंकको सेवा लिइरहेका छन् । कम्पनीको १४० शाखा, १० हजारभन्दा बढी अफिस र ७० भन्दा धेरै जिल्लामा सेवा सञ्जाल विस्तार भइसकेको छ ।
सन् २०२४ मा वल्र्डलिंकले ३१.४५ प्रतिशत नाफा कमाएको छ । यद्यपि अघिल्लो वर्षको तुलनामा नाफा थोरै घटेको देखिए पनि, सेवा विस्तार र लगानीका हिसाबले कम्पनीले गम्भीर छलाङ मारेको छ ।
विदेशी लगानी र फाइबर विस्तारमा फोकस
ब्रिटिश इन्टरनेशनल इन्भेष्टमेन्ट र डोल्मा इम्प्याक्ट फन्डबाट करिब ३ अर्ब रुपैयाँ लगानी भित्र्याउँदै कम्पनीले पूर्वाधार विस्तारलाई प्राथमिकता दिएको छ । नोकियासँगको सहकार्यमा एफटीटीएच सेवा विस्तार गर्दै वल्र्डलिंकले करिब १० लाख घरधुरीमा फाइबर इन्टरनेट पु¥याइसकेको छ ।
सन् २०२३ मा प्रति युनिट आम्दानी ९८७ रुपैयाँ थियो । सन् २०२४ मा ९२७ रुपैयाँमा झरेको छ । तर, चालु आर्थिक वर्षका सात महिनामा यो फेरि ८६१ रुपैयाँमा उक्लिएको छ । नेपालमा इन्टरनेट सेवामा तीव्र प्रतिस्पर्धा छ ।
दर्जनौं कम्पनीहरू मैदानमा भए पनि वल्र्डलिंकले गुणस्तरीय सेवा, प्राविधिक पहुँच र ग्राहक सन्तुष्टिमा भर गर्दै नेतृत्व कायम राख्न सफल देखिन्छ ।