नेपालमा बोटको ‘निर्भाना’ सिरिजको इयरफोन र इयरबड्स विक्री सुरु

काठमाडौं । भारतको नम्बर १ अडियो वेयरेबल ब्रान्ड बोटले नेपालमा आफ्ना उत्पादन सुरु गरेको छ ।
नेपालमा एसअघिनै बोटले अनौपचारिक रुपमा बलियो उपस्थिति बनाइसकेको छ । कम्पनीले ‘निर्भाना’ सिरिजको सार्वजनिक औपचारिकरुपमा गरेको छ ।
उच्च क्षमतायुक्त एएनसी (एक्टिभ न्वाइज क्यान्सेलेसन) युक्त इयरफोन र इयरबड्स समावेश गरिएको प्रिमियम ‘निर्भाना’ सिरिज अब नेपालभरका प्रमुख अनलाइन तथा अफलाइन खुद्रा पसर्लहरूमा उपलब्ध हुनेछ ।
बोटले अडियो वेयरेबल क्षेत्रमा आफ्नो प्रभुत्व जमाउँदै आएको छ र नेपाल प्रवेश गरेको केही वर्षमै यो वर्गका शीर्ष तीन ब्रान्डमध्ये एकको रूपमा स्थापित भइसकेको छ, जसले नेपाली उपभोक्तामाझ यसको गहिरो रुचि र विश्वास जित्न सक्ने कम्पनीको दावी रहेको छ ।
बोटलाई राष्ट्रिय रूपमा टेलिटक प्रालि (रमेश कर्प अन्तर्गतको संस्था) ले वितरण गर्दै आएको छ । बोट छोटो समयमा नै नेपालका प्रविधिमैत्री र युवापुस्ताको रोजाइको ब्रान्ड बन्न सफल भएको छ, जसले अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र सुलभ मूल्यमा उपलव्ध रहेको छ ।
बोटका सह–संस्थापक तथा प्रमुख मार्केटिङ अधिकृत अमन गुप्ताले नेपाल सधैं हाम्रो लागि विशेष स्थान रहँदै आएको छ, र हामी यस जीवन्त र विकासोन्मुख बजारमा आफ्नो औपचारिक उपस्थिति जनाउन पाउँदा अत्यन्त हर्षित रहेको बताए । प्रिमियम ‘निर्भाना’ सिरिजको सुरुवातसँगै हामी आजको जीवनशैली अनुसारको आवश्यकतालाई सम्बोधन गर्ने उच्च गुणस्तरीय र डिजाइन–मुखी अडियो अनुभव प्रदान गर्ने प्रतिबद्धता रहेको गुप्ताले बताए ।