गुमनाम छ सुन्दर रसुवाको दुधकुण्ड « Arthapath.com
२७ श्रावण २०७६, सोमबार

गुमनाम छ सुन्दर रसुवाको दुधकुण्ड



सरस्वति न्यौपाने
रसुवा । स्थानिय भाषामा पेदाङ छो भनिने दुध कुण्ड रसुवाको गोसाईकुण्ड गाउँपालिका वडा नं. दुई स्थित नेपाल र चिन सिमानामा पर्दछ ।
चार हजार सात सय मिटर उचाइमा गुमनाम रहेता पनि वर्षेनी फाष्ट पुन्ट स्वदेशी तथा विदेशी पर्यटक त्यहाँ पुग्ने गर्छन । हिडेर चार दिनमा पुग्ने त्यस ठाउँमा वर पर वाम स्थान भई दिए हुन्थ्यो भन्ने गुनासो छ ।
धार्मिक तथा पर्यटकीय रुपमै परिचित भएतापनि उचित प्रचार—प्रसार नहुदा बाटो अभाव २०२० लाई पर्यटन भ्रमण वर्षको रुपमा टेवा पुग्ने विश्वास लिइएको छ । यो कुण्ड १५ वर्ष अगाडी लामाहरुले पत्ता लगाएको भन्ने विश्वास रहि आएको छ । गत्लाङमा रहेको पार्वतीकुण्ड र दुधकुण्ड दिदिबैहीनी हुन भन्ने जन विश्वास छ ।
निकै पुरानो इतिहास भए पनि निकै महत्व बोकेको कुण्ड हो । यस कुण्डमा पनि गोसाईकुण्ड, पार्वतीकुण्ड जस्तै यसमा पनि जनैपुर्णिमा मेला लाग्ने गर्छ । तर मेला भने नियमित लाग्दैन रहेछ । हाम्रो जिल्लामा यस्ता ओझेलमा रहेका पर्यटकिय क्षेत्रहरु पनि व्यापक प्रचार हुन आवश्यक रहेको छ ।
टिमुरेका प्रमुख लामा गुम्बोवाङा लामाको भनाई फुलको बाट र तरेरमा जस्तै आकृति कुण्डका विचमा देनिने भएकोले यसलाई स्थानिय भाषामा पेदाङ छो भनिको हो यस कुण्डको पनि चौलानी जस्तै देखिन्छ । चौलानीलाई तामाङ भाषामा बे्रमु भन्छन कुण्डमा हेर्दा जस्तै देखिने भएकाले दुध कुण्ड भनिएको हो ।
दुध कुण्ड जान पहिले पैदल बाटो निर्माण गरी कुण्ड वरपर व्यवस्थित होटल सन्चालन गरि व्यापक प्रचार—प्रसार गर्न जरुरी छ । यस्तो पर्यटकिय नगरी लाई सुरक्षित रुट रुपमा विकसित गर्न स्थानिय सरकारको खाचो रहेको छ । यस कुण्ड पुगेर जो कोही ले भाकल री भाकेमा पुरा हुने विश्वास रहेको छ ।


प्रतिक्रिया दिनुहोस्