टानमा बामपन्थी र प्रजातान्त्रिक भिड्दै « Arthapath.com
१७ भाद्र २०७६, मंगलवार

टानमा बामपन्थी र प्रजातान्त्रिक भिड्दै



२० गते सोल्टी होटलमा ४१ औं साधारणसभा

काठमाडौं । यही भदौं २० गते ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालको ४१ औं वार्षिक साधारणसभामा बामपन्थी प्यानल र प्रजातान्त्रिक प्यानलविच प्रतिस्प्रर्धा हुँदैछ । सभाले आगामी २ वर्षको लागी नयाँ नेतृत्व चयन गर्ने भएकाले यतीबेला ट्रेकिङ व्यावसायीहरु चुनावी चटारोमा छन । यस वर्ष टानमा प्रजातान्त्रिक र प्रगतिशिल बाम घटकको २ प्यानल निर्वाचनमा होमिएको छ । १७ सदस्यीय कार्यसमितिलाई १३ सय २० मतदाताले मतदान गर्ने छन ।
आफ्नो पक्षमा मतदाता रिझाउन दुवै पक्षका उम्मेदवारहरु लागेका छन । अभियानमा होमिएका युवा व्यावसायी अन्जन थापा कुमार समुह बामपन्थी समुहको नेतृत्व गर्दै छन । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका खहरेमा जन्मिएका थापा पोटर, गाईड बन्दै व्यावसायी बनेका हुन ।
नम्र स्वभावका थापा आशाही ट्रेक्स एण्ड एक्पिडिसन प्रालिका संचालक हुन । होटल एवम ट्रेकिङ व्यावसायमा लागेका थापा सबै व्यावसायीले आफुलाई मत दिने बताउँछन । सन २००० देखी पर्यटन व्यावसायमा लागेका थापा सफल व्यावसायी हुन ।
नेकपा निकट थापा प्यानलले बरिष्ठ उपाध्यक्षमा ऋषि नेपाल, प्रथम उपाध्यक्षमा प्रकाशचन्द्र देबकोटा, द्धितीय उपाध्यक्षमा तेन्जिङ शेर्पा, महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा टेक खकुराल र सह–कोषाध्यक्षमा प्रदिप पण्डितले मनोनयन दर्ता गरेका छन ।
त्यस्तै सदस्यमा रघु पौडेल, मिङ्मा शेर्पा, ङिमादिकी शेर्पा, सुनिल सिलवाल, कृष्णगोपाल श्रेष्ठ, प्रेमबहादुर लामा, रघुनाथ पौडेल, रामबहादुर गुरुङ, श्रीराम अधिकारी, मिङ्मा शेर्पा, र ठाकुर सापकोटाले मंगलबार मनोनयन दर्ता गरेका छन ।
थापा समुहले एक पत्रकार सम्मेलन गरी यो समुह टानको गति र दिशा दिनको लागि सक्षम र व्यावसायीक टिम रहेको जनाकारी दिएको छ । अध्यक्षको प्रत्यासीका रुपमा रहेका अञ्जन थापा कुमारले १६ बुँदे प्रतिबद्धता प्रश्तुत गर्दै टानलाई गतिशिल, र पदयात्रा व्यावसायीको समसामयिक समस्याको समाधानको लागि आफुहरु टान नेतृत्व लिन लागेको बताए।

अध्यक्षको प्रत्यासी अन्जन थापा कुमार अध्यक्षको प्रत्यासी खुम बहादुर सुवेदी


त्यस्तै प्रजातान्त्रिक पक्षको नेतृत्व खुम बहादुर सुवेदीले गर्दैछन । टान निर्वाचनमा खुमबहादुर सुबेदी समुहले मंगलबार मनोनयन दर्ता गरेको छ । सुवेदी धादिङ ज्वालामुखी गाउपालिकामा जन्मेर विगत २६ वर्षदेखी पर्यटन व्यावसायमा लाग्दै आएका छन । वर्तमान वरिष्ठ उपाध्यक्ष रहेका सुवेदी युनिक एडभेन्चर इन्टरनेशनलका संचालक हुन । उनि आफ्नो जित सुनिष्चीत रहेको बताउँछन ।
प्रजातान्त्रिक गठबन्धनबाट बरिष्ठ उपाध्यक्षमा नविन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्र बहादुर कार्की, द्धितीय उपाध्यक्षमा भरत सापकोटा, महासचिवमा कर्मा शेर्पा, सचिवमा प्रदिपकुमार घिमिरे, कोषाध्यक्षमा ऋतु ग्याम्दान र सह–कोषाध्यक्षमा सुर्यकुमार श्रेष्ठ रहेका छन् । सदस्यहरुमा खोमराज अधिकारी (सन्तोस), सिम्बिर घले, केशवप्रसाद दाहाल, कान्छा शेर्पा, सोनाम ग्याल्जेन शेर्पा, रबिन्द्र महर्जन, सनम शेर्पा, तेन्जिङ शेर्पा, बुद्धकुमारी अधिकारीले मनोनयन दर्ता गरेका हुन । मनोनयन प्रश्चात भएको पत्रकार सम्मेलनमा लोकतान्त्रिक पक्षधरका अध्यक्षका उम्मेद्वार सुबेदीले पदयात्रा व्यावसायीहरुको व्यावसायीक आवाज बुलन्द पार्ने थलो भनेको टान नै भएकाले आफ्नो नेतृत्व अपरीहार्य रहेको बताएका छन ।
संयोगनै मान्नुपर्छ टानमा अध्यक्षका प्रत्यसि दुबै धादिङ् निवासी रहेका छन ।


प्रतिक्रिया दिनुहोस्