नारा अध्यक्षमा नेपाल र ठकुरी भिड्दै « Arthapath.com
२४ भाद्र २०७६, मंगलवार

नारा अध्यक्षमा नेपाल र ठकुरी भिड्दै



काठमाडौं । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) को अध्यक्षमा प्यानलै बनाएर निर्वाचन हुन लागेको हो । नारा स्थापनाको ३१ औं वर्षमा पहिलोपल्ट प्यानलनै बनाएर निर्वाचन मार्फत नेतृत्व चयन हुन लागेको हो ।
नाराको अध्यक्षमा अन्य संस्थामा जस्तै बामपन्थी र प्रजातान्त्रिक प्यानलनै बनाएर निर्वाचनमा उम्मेद्वारहरु होमिएका छन । अध्यक्षमा नेकपा निकट गंगाप्रसाद नेपाल र प्रजातान्त्रिकबाट कमलबहादुर ठकुरीले उम्मेद्वारी दिएका छन । ठकुरी हालका उपाध्यक्ष हुन भने नेपाल विगतमा महासचिव भैसकेका व्यक्ती हुन । नारामा राजनितीक आस्थाको आधारमा प्यानल नबनेको उम्मेद्वारहरु बताउँछन ।
यद्येपी केही समयअघि टानमा बनेको प्यानलको प्रभाव नाराम पनि देखिएको छ । एक सदस्यले भने बाहिर पार्टीगत नदेखिएपनि आन्तरीक रुपमा उम्मेदवारहरुलाई निकट पार्टीहरुको आड देखिएको छ । निजी क्षेत्रको १० अर्वभन्दा बढी लगानी रहेको जलयात्रा पर्यटन प्रर्वद्धनमा अग्रणिय संस्था मानिन्छ ।
आज मंगलबार संस्कृती पर्यटन तथा नागरीक उड्डयन मन्त्री योगेश भट्टराईले उद्घाटन गर्ने नारा अधिवेसनमा ६७ जना सदस्यले नयाँ नेतृत्वको लागी मतदान गर्नेछन ।
निर्वाचनको लागी गंगाप्रसाद नेपाल प्यानलबाट उपाध्यक्ष मेघबहादुर आले, महासचिवमा वर्तमान महासचिव शिव अधिकारीले पुनः उम्मेद्वारी दिएका छन । सचिवमा राजु खड्का, कोषाध्यक्षमा रिता अधिकारी, सह(कोषाध्यक्षमा नारायण श्रेष्ठले उम्मेद्वारी दिएका हुन । त्यस्तै सदस्यहरुमा इन्दुदेवी वाग्ले र गोपाल राना रहेका छन ।
उता कमल ठकुरी प्यानलबाट उपाध्यक्षमा चुडामणी अर्याल, महासचिवमा वर्तमान कोषाध्यष शिशिर खनाल, सचिवमा इन्द्र राई, कोषाध्यक्ष रविन्द्र अधिकारी, सह कोषाध्यक्ष उद्धव ठकुरीले उम्मेद्वारी मनोनयन गराएका छन । सदस्यहरुमा मदन प्रसाद ढकाल र राजेन्द्र थपलिया रहेका छन ।


प्रतिक्रिया दिनुहोस्