कोरोना भाइरसको कारण सर्यो नेपाल इन्डिया चाईना एक्पो « Arthapath.com
१६ माघ २०७६, बिहीबार

कोरोना भाइरसको कारण सर्यो नेपाल इन्डिया चाईना एक्पो



काठमाडौं । प्यासिफिक एसिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरले आगामि फेबु्रअरी २२ देखी २५ सम्म नेपाल भ्रमण वर्ष २०२० संगको सहकार्य तथा समन्वयमा आयोजना गर्ने गरि तय भएको नेपाल इन्डिया चाईना एक्पो (नाईस) कार्यक्रम स्थगित गरिएको छ । चीनमा फैलिएको कोरोना भाइरसका कारण चीनबाट आमन्त्रीत अतिथी तथा प्रतिनीधिहरुको सहज रुपमा सहभागीता जनाउने अवस्था नरहेकाले कार्यक्रमलाई तत्कालका लागि पछि यसैवर्ष आयोजना गर्ने गरि पछि सारेको छ ।
जनवरी २७ तारिखका दिन बसेको पाटा नेपाल च्याप्टरको कार्य समिती बैठकले कोरोना भाइरसका कारण उत्पन्न संकट पूर्ण अवस्थामा आमन्त्रीत प्रतिनीधीको स्वाथ्य सुरक्षालाई मध्यनजर गदैं पूर्व सावधानी स्वरुप सो निणर्य गरेको हो ।
पाटा नेपालका अध्यक्ष श्री विभूतीचन्द ठाकुरले संस्थाले छिमेकी मुलुक चीनमा फैलिरहेको कोरना भाइरसका कारण पर्यटन क्षेत्रमा हुन सक्ने सम्भावित असरलाई नजिकबाट अनुगमन गरिरहेको र परिस्थिति सहज भएपश्चात नाईस कार्यक्रमको लागि उपयुक्त मिती तय गरिने बताउनुभयो । साथै उहाँले सम्पूर्ण आमन्त्रित पाहुना, सहभागीहरु तथा सरोकारवालाहरुलाई संस्थाद्धारा सम्प्रेषण गरिने अर्को सूचना प्रतिक्षाका लागि अनुरोध गर्नु भएको छ ।
नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले नाईस एक्सपोे नेपाल भ्रमण वर्ष २०२० को अवसरमा आयोजना गरिने विशेष महत्वपूर्ण कार्यक्रम भएको र यसले नेपालको पर्यटन प्रवद्धन विकासमा उल्लेख्य योग्दान पु¥याउने बताउदैं वर्ष २०२० मा नाईसलाई सफल रुपमा आयोजना गर्न भ्रमण वर्षले पाटा नेपाल च्याप्टर लाई आवश्यक सहकार्य एवम् सहयोग गर्ने बताउनु भयो ।
पाटा नेपालका प्रमूख कार्यकारी अधिकृत सुरेशसिहं बुडालले एक्सपोमा १२० क्रेता र ५० विक्रेताले सहभागी जनाउने निश्चित भए सँगै आवश्यक तयारी पुरा भएपनि वर्तमान समय एक्सपो आयोजनाका लागि उपयुक्त नरहेको बताउनु भयो । उहाँले सम्पूर्ण पर्यटन व्यावसायी तथा सरोकारवालाहरु एकजुट भएर कोरोना भाइरसका कारण पर्यटनमा हुन जाने सम्भाव्य असर तथा चुनैति समाधानका लागि सबैले सहकार्य र समन्वयमा जोड दिन आवश्यक रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस्