प्रदेश १ सरकारले पर्यटन प्रबद्र्धनमा चासो नदिँदा ३ करोड बजेट खर्च हुन सकेन् « Arthapath.com
२० माघ २०७६, सोमबार

प्रदेश १ सरकारले पर्यटन प्रबद्र्धनमा चासो नदिँदा ३ करोड बजेट खर्च हुन सकेन्



काठमाडौं । प्रदेश १ सरकारले पर्यटन प्रबद्र्धनमा चासो नदिँदा प्रयटन क्षेत्रमा छुट्टाएको ३ करोड बजेट खर्च गर्न सकेको छैन् । इलाम, पाँचथर र ताप्लेजुङमा पर्यटन प्रवर्द्धन र पूर्वाधार निर्माणका लागि ३ करोड रुपैयाँ छुट्टाएको छ । तर प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मेची पहाडी क्षेत्र पर्यटन प्रवर्द्धन विकास समितिमा नयाँ नेतृत्व ल्याउन नसक्दा पर्यटन वर्षको प्रवर्द्धनसमेत प्रभावित बनेको छ । १ करोड २५ लाख प्रदेश सरकारले र ८० लाख संघिय सरकारले विनियोजन गरेको छ । तर हालसम्म समितिमा अख्तियारी आउन सकेको छैन् ।

इलामको पशुपतिनगर र पाँचथरको पौवा भञ्याङको पर्यटन सूचना केन्द्र सबै काम सकिए पनि समिति नहुँदा सञ्चालनमा आउन सकेको छैन् ।

इलाम नगरपालिकाको दिदीबैनी झरना, रक क्लाइमिङ, गुफाथुम्की पर्यटन प्रवर्द्धनको काम, पौवा भञ्ज्याङ सन्दकपुर सर्किटको पूर्वाधार निर्माण कार्य बन्द छन् । पाँचथरको जोरपोखरीको संरक्षणको क्रमागत काम रोकिएको छ ।

पाँचथरको गोपेटारमाथिको कालापानी क्षेत्र, तिम्बु पोखरी जाने पथ मार्ग, ताप्लेजुङको मिल्के–तीनजुरे र तोक्मे डाँडा – सुकेटार पथ मागको कामसमेत समिति र अख्तियारी टुंगो नुहँदा बन्द भएको छ ।


प्रतिक्रिया दिनुहोस्