१ लाख ८१ हजार पर्यटकले अन्नपूर्ण पदमार्ग भ्रमण गरे « Arthapath.com
२० माघ २०७६, सोमबार

१ लाख ८१ हजार पर्यटकले अन्नपूर्ण पदमार्ग भ्रमण गरे



काठमाडौं ।  अन्नपूर्ण पदमार्गको भ्रमण गर्ने पर्यटकको संख्या १ लाख ८१ हजार पुगेको छ । सन् २०१९ मा सार्क राष्ट्रका ५३ हजार ७ सय १० र अन्य देशका १ लाख २७ हजार २ सय ९० जना रहेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पोखरा कार्यालयले जानकारी दिएको छ । सन् २०१८ मा १ सय ६७ देशका १ लाख ८० हजार ९४ जना पर्यटकले अन्नपुर्ण भ्रमण गरेका थिए ।

सन् २०१९ मा सार्कका ५३ हजार ७ सय १० पर्यटकले यस क्षेत्रको भ्रमण गरेकोमा सन् २०१८ मा ४६ हजार ९ सय ९० जनाले पदमार्गको भ्रमण गरेका थिए । अघिल्लो वर्षको तुलनामा सार्क राष्ट्रका ६ हजार सात सय २० बढी पर्यटकले २०१९ मा पदमार्गको भ्रमण गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्