कोराना भाइरसका कारण चिनियाँ पर्यटनको संख्या घट्यो « Arthapath.com
२१ माघ २०७६, मंगलवार

कोराना भाइरसका कारण चिनियाँ पर्यटनको संख्या घट्यो



काठमाडौं । दुई साताभन्दा बढी समयदेखि चीनमा फैलिएको ‘नोबेल कोरोना भाइरस’को संक्रमण कारण चिनियाँ पर्यटनको संख्या घटेको छ । २०२० को शुरुको महिनामै चिनियाँ पर्यटकको संख्या १२.१९ प्रतिशतले घटेको छ ।

सन् २०१९ को जनवरी महिनामा १३ हजार ६ सय ८८ चिनियाँ पर्यटन नेपाल आएकोमा यस बर्ष १२ हजार २ सयमा सीमित भएको हो । यसरी हेर्दा गत वर्षको जनवरीको तुलनामा १ हजार ४ सय जना चिनियाँ पर्यटक नेपाल कम आएका हुन् ।


प्रतिक्रिया दिनुहोस्