पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल १ वर्षभित्र संचालक हुने मन्त्री भट्टराईको दावी « Arthapath.com
२२ माघ २०७६, बुधबार

पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल १ वर्षभित्र संचालक हुने मन्त्री भट्टराईको दावी



काठमाडौं । संस्कृती पर्यटन तथा नागरीक उड्डयनमन्त्री योगश भट्टराईले पोखरा र गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल १ वर्षभित्र संचालमा आउने बताएका छन । आज नागरीक उड्डयन प्राधिकरणमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भट्टराईले पर्यटन बर्ष २०२० लाई लक्षित गरी विमानस्थलको सुधार तथा विकास भैरहेको बताए ।

मन्त्री भट्टराईले हाल मुलुकमा ५४ वटा विमानस्थलहरु रहेका छन । ३२ वटा नियमीत रुपमा सञ्चालन आएका छन भने २२ वटा विमानस्थलहरु विभिन्न कारणले गर्दा बन्द रहेको बताए ।
मन्त्री भट्टराईले भने हवाई सेवामा रहेको चाप घटाउने, विमानस्थलमा जामका कारण होल्ड गर्नुपर्ने अवस्थालाई न्यूनिकरण गर्ने, दुर्गम जिल्लामा पनि हवाई सेवा विस्तार गरी पर्यटकको आवागमनलाई सहज बनाउन सरकार लागिपरेको बताए । उनले थर्पे अव रात्रीकालिन समयमा पनि हवाई उडान गर्ने गरि लागिपरेका छौं ।’ आगामी दिनमा हवाई सेवालाई स्तरोन्नती गरि बार्षिक करोड भन्दा बढि पर्यटकहरु नेपालमा भित्र्याउने गरि विमान स्थलहरुको मर्मत सम्भारमा सरकार लागेको उनले बताए ।

आगामी ५ बर्ष भित्र नेपालमा हवाई सेवा उच्च स्तरका बन्ने गरि ५४ वटै विमानस्थलहरुको मास्टर प्लानको निर्माण गरिएको छ । प्राधिकरणले बुधवार पत्रकार सम्मेलनको आयोजना गरि मुलुकभरि रहेका विमान स्थलको ईन्फास्ट्रक्चरका वारेमा जानकारी गराएको हो ।


प्रतिक्रिया दिनुहोस्