विराटनगर नाकाबाट १० हजार टन धान र चामल कम आयात « Arthapath.com
२४ माघ २०७६, शुक्रबार

विराटनगर नाकाबाट १० हजार टन धान र चामल कम आयात



काठमाडौं । चालु आर्थिक वर्षको पुुस मसान्त सम्ममा विराटनगर नाकाबाट चामल र धानको आयात घटेको छ । ६ महिनाको अवधिमा ७३ करोड ३० लाख मूल्यको १६ हजार ८ सय ३३ टन चामल आयात भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ४ करोड ४८ लाख मूल्यको २५ हजार ९ सय ९० टन चामल आयात भएको थियो ।

चालु आवको ६ महिनामा ३१ करोड ८९ लाख मूल्यको १० हजार ९ सय ५५ टन धानको आयात गरिएको छ । गत आर्थिक वर्षको पुस मसान्त सम्ममा ७४ करोड ७९ लाख मूल्यको २७ हजार ७ सय ९० टन र अघिल्लो आव २०७४/०७५ को ६ महिनामा ६५ करोड ४५ लाख मूल्यको २४ हजार ४ सय ५ टन धान आयात भएको छ ।


प्रतिक्रिया दिनुहोस्