पाम आयल निर्यातमा भारत सहमत « Arthapath.com
२७ माघ २०७६, सोमबार

पाम आयल निर्यातमा भारत सहमत



काठमाडौं । नेपालले प्रशोधित पाम आयल निर्यात गर्न अनुमति पाएको छ । भारतको वैदेशिक व्यापार निर्देशनालयका अनुसार नेपालबाट पाम आयल लैजान र ल्याउन अनुमति पाएका छन । करिब एक महिनादेखि समस्या समाधान भएको हो । भारतका उद्योगीलाई नै समस्या परेपछि भारत सरकारले नेपालबाट पाम आयल लैजान अनुमति दिएको हो । हालसम्म भारतीय व्यवसायीले नेपालबाट ४० हजार मेट्रिकटन प्रशोधित पाम आयल आयात गर्ने अनुमति पाएका छन ।

भारत सरकारले गत पुुस २३ गते प्रशोधित पाम आयलको आयातमा रोक गरेको थियो, जसले गर्दा नेपालका उद्योग प्रभावित भएका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको पहलमा पाम आयलको निकासी खोलिएको उद्योगीको भनाइ छ । पाम आयल सनर्यात गर्ने अनुमति पाएपछि ब्यवसायिहरु पनि खुशि भएका छन । नेपालको कुल निर्यातमा यसको २५ प्रतिशत छ ।


नेपाली व्यवसायीहरूले भारतलाई लक्षित गरी तयार गरेको करिब १ लाख मेट्रिक टन प्रशोधित पाम आयलको निकासी हुने बाटो खुलेको छ ।


प्रतिक्रिया दिनुहोस्