विमानस्थलमा आगलागीको छानविन समिति बन्यो « Arthapath.com
२८ माघ २०७६, मंगलवार

विमानस्थलमा आगलागीको छानविन समिति बन्यो



काठमाडौँ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल टर्मिनल भवनमा सोमबार भएको आगलागीबारे जाँचबुझ गर्न संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सहसचिव सुरेश आचार्यको संयोजकत्वमा छानविन समिति गठन गरिएको छ ।

मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले ७ दिनभित्र घटनाको जाँचबुझसहित अध्ययन गरेर प्रतिवेदन बुझाउन समितिलाई मंगलबार निर्देशन दिएको मन्त्रालयले जनाएको छ ।

समितिमा मन्त्रालयले कानुनका उपसचिव राजन नेपाल, प्रहरी उपरीक्षक केदार ढकाल, नागरिक उड्डयन प्राधिकरणका निर्देशक कुलप्रसाद सिंखडा र प्राधिकरणका उपनिर्देशक विक्रम गौतम रहेका छन ।

त्रिभुवन अन्तर्रा्ष्टिय विमानस्थलको यात्रु टर्मिनल भवनमा रहेको क्याफेमा सोमबार बेलुकी आगलागीका कारण विमानस्थल १ घण्टा प्रभावित बनेको थियो । आगलागीका कारण ४ वटा अन्तर्रा्ष्ट्रिय उडानले सिमरामाथिको आकाशमा होल्डमा बस्नु परेको थियो ।


प्रतिक्रिया दिनुहोस्