गरिमा धानको बीउ बेच्ने १५ कम्पनीमाथि कारबाही « Arthapath.com
५ फाल्गुन २०७६, सोमबार

गरिमा धानको बीउ बेच्ने १५ कम्पनीमाथि कारबाही



काठमाडौं । अनुगमनमा दोषी पाइएपछि सनराइज एग्रिकल्चर रिसर्च प्रालि दाङलाई ३ लाख, तनहुँ बीज भण्डारलाई २ लाख जरिवाना गराइएको छ । दुवै कम्पनीविरुद्ध गरिमा धानको बीउ भनी कमसल धानको बीउ आयात गरेर बिक्री गरेकोमा उक्त जरिवाना गराइएको हो ।

त्यस्तै, जमिन बीज भण्डार कपिलवस्तु, घिमिरे एग्रोभेट कपिलवस्तु, लालीगुराँस एग्रोभेट सेन्टर दाङ, स्वर्गद्वारी एग्रि नेपाल दाङ, जनता एग्रोभेट दाङ, मुनाल एग्रोभेट कन्सर्न बाँके, सृजना भेट सेन्टर बर्दिया, शिखा एग्रो सेन्टर बर्दिया, खुसीराम भेटरिनरी सेन्टर बर्दिया, लोहनी एग्रोभेट सेन्टर बर्दिया, आरएच एग्रोभेट कैलाली, किसान एग्रोभेट सेन्टर कैलाली, प्रशान्त एग्रोभेट सेन्टर चितवनलाई प्रतिकम्पनी २ लाख जरिवाना गराइएको हो ।

उक्त १५ कम्पनीविरूद्ध गरिमा धानको कमसल बीउ बेचेको भन्दै विभागले कारबाही गरेको हो । त्यस्तै, सुलु भेट सेन्टर बर्दियालाई र तेजल एग्रोभेट दाङलाई कारोबार स्थलमा खरिद बिल नराखेकाले २० हजार जरिवाना गराइएको छ । त्यस्तै, साउन १ देखि फागुन ४ सम्म विभागमा प्राइभेट फर्म, साझेदारी फर्म, एजेन्सी र कम्पनी गरी ६ हजार ५ सय ४८ वटा कम्पनी दर्ता भएका छन ।


प्रतिक्रिया दिनुहोस्