विदेश भ्रमण गर्ने नेपालीको खर्च २१.७ प्रतिशतले कमीे « Arthapath.com
६ फाल्गुन २०७६, मंगलवार

विदेश भ्रमण गर्ने नेपालीको खर्च २१.७ प्रतिशतले कमीे



काठमाडौ । नेपाल राष्ट्र बैंकका अनुसार पछिल्लो ६ महिनामा विदेश भ्रमणमा जाने नेपालीले ३७ अर्ब ५९ करोड रुपैयाँ खर्च गरेका छन । गएको आर्थिक वर्षको ६ महिनाको तुलनामा २१ दशमलव ७ प्रतिशतले कमी आएको हो । गएको आर्थिक वर्षको साउनदेखि पुससम्म नेपालीले विदेश भ्रमणमा ४७ अर्ब ९९ करोड रुपैयाँ खर्चिएका थिए ।

पछिल्लो ६ महिनामा वैदेशिक शिक्षा आर्जन गर्न जाने नेपालीले १७ अर्ब ९५ करोड रुपैयाँ खर्च गरेका छन । गएको आर्थिक वर्षको ६ महिनामा भने २५ अर्ब ५९ करोड रुपैयाँ खर्च भएको थियो ।

यो आर्थिक वर्षको ६ महिनामा विदेशी पर्यटकले नेपालमा गर्ने खर्च भने बढेको छ । ६ महिनामा ४२ अर्ब ७४ करोड रुपैयाँ भ्रमण आय भएको छ । गएको वर्षको साउनदेखि पुससम्मको ६ महिनाको अवधिमा भ्रमण आय ३७ अर्ब ४२ करोड रुपैयाँ रहेको थियो । यो वर्ष भ्रमण आय १४ दशमलव २ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्