गरिमा धानपीडित किसानलाई संघीय सरकारले २१ प्रतिशत राहत दिने « Arthapath.com
११ फाल्गुन २०७६, आईतवार

गरिमा धानपीडित किसानलाई संघीय सरकारले २१ प्रतिशत राहत दिने



काठमाडौं । गरिमा धानपीडित किसानलाई संघीय सरकारले २१ प्रतिशत राहत दिने भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले लागतका आधारमा यो परिमाणमा राहत उपलब्ध गराउने जनाएको छ ।

कृषि मन्त्रालयका भएको छलफलले २१ प्रतिशतसम्म रकम राहतस्वरुप किसानलाई रकम दिने निर्णय भएको बताईएको छ ।

मन्त्रालयले अध्ययन गराएको प्रतिवेदनअनुसार चितवन, बर्दिया, बाँके, दाङ, तनहुँ, कञ्चनपुर, नवलपरासी, लम्जुङसहित १३ जिल्लाका ६० गाउँपालिका तथा नगरपालिकाका ६ हजार ९ सय १५ घरपरिवारका किसानको धानको न्यूनतम् समर्थन मूल्यअनुसार २३ करोड रुपैयाँबराबरको नोक्सानी भएको थियो । यस्तै किसानको लागत खर्चअनुसार १७ करोड रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रतिवेदनले औंल्याएको थियो ।


प्रतिक्रिया दिनुहोस्