श्री एयरलाइन्सले सोमबारदेखि सिमरा उडान गर्ने « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

श्री एयरलाइन्सले सोमबारदेखि सिमरा उडान गर्ने



काठमाडौं । श्री एयरलाइन्सले आगामी सोमबारदेखि सिमरामा टर्वाेपर्प जहाजबाट सेवा सुरु गर्ने भएको छ । ८० सिट क्षमताको ड्यास एट क्यू ४०० जहाजले दैनिक २ वटा उडान भर्ने छ ।

श्रीले भैरहवा, विराटनगर, भद्रपुर, धनगढी, नेपालगञ्ज, पोखरामा हवाई सेवा दिदै आएको छ ।

काठमाडौं–सिमरा उडानको भाडा दर ३ हजार रहेको श्रीले जनाएको छ । साना एयरपोर्टबाट सेवा दिने उद्देश्यले श्रीले केही महिना अघि क्यू४०० जहाज ल्याएको थियो । श्रीले सोही जहाज थप्ने घोषणा पनि गरिसकेको छ ।


प्रतिक्रिया दिनुहोस्