कृषि उत्पादन ढुवानी गरे २५ प्रतिशत अनुदान पाइने « Arthapath.com
१९ चैत्र २०७६, बुधबार

कृषि उत्पादन ढुवानी गरे २५ प्रतिशत अनुदान पाइने



काठमाडौं । सरकारले कोरोना भाईरसका कारण लकडाउनको घोषणा गेपछि ओहोरदोहोरमा नै समस्या भएको छ । यसै समयमा सरकारले तरकारी, फलफुल, खाद्यान्न, मासु र अण्डा ढुवानीमा २५ प्रतिशत अनुदान दिने भएको छ ।

उत्पादनकर्ताले नजिकको बजार केन्द्र वा काठमाण्डौमा ढुवानी गर्न पालिकाले गाडीको ब्यवस्थापन गर्ने र ढुवानीमा २५ प्रतिशत अनुदान दिने सरकारले निर्णय गरेको छ ।

मन्त्रिपरिषद्ले गरेको राहत वितरण घोषणा कार्यान्वयन गर्न अर्थ मन्त्रालयले बनाएको कार्य योजना अनुसार ढुवानीमा २५ प्रतिशत अनुदान सुनिश्चित गरेको हो । यसको लागि कृषि तथा पशुपंक्षी मन्त्रालय, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय र वाणिज्य विभागलाई जिम्मेवार निकाय तोकिएको छ ।

किसानलाई ढुवानीको पास मिलाउने जिम्मा भने गृह मन्त्रालयमार्फत स्थानीय प्रशासनलाई दिइएको छ । यो निर्णय मङ्गलबारदेखि नै लागु भएको अर्थ मन्त्रालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्