लकडाउन खुकुलो बन्ने, हिउँदे बाली र बर्षे बालीका लागि कृषकलाई अवरोध नगर्ने « Arthapath.com
२१ चैत्र २०७६, शुक्रबार

लकडाउन खुकुलो बन्ने, हिउँदे बाली र बर्षे बालीका लागि कृषकलाई अवरोध नगर्ने



काठमाडौं । चैत १८ गतेसम्मको लकडाउनलाई सरकारले थप २५ गतेसमम पुर्याएको थियो । तर अव लकडाउनलाई सरकारले केहि खुकुलो गर्ने भएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा उपप्रधानमन्त्री इश्वर पोखरेलको अध्यक्षतामा बसेको बैठकले इन्धनको आपूर्ति सहज गर्न, खाद्यान्य, औषधी र औधोगीक क्षेत्रमा खुकुलो गर्ने निर्णय गरेको हो ।

उद्योगहरुलाई सञ्चालनमा सहजता कायम गर्न बिहीवारको बैठकले निर्णय गरेको अर्थ तथा सूचना तथा संचारमन्त्री तथा सरकारका प्रवक्ता डा युवराज खतिवडाले जानकारी दिए ।

उनले भने“ बिहीवारको बैठकले लकडाउनलाई केही खुकुलो गर्ने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रणका लागि गठन भएको उच्चस्तरिय समितिले स्वास्थ्य मापदण्ड पुरा गरेमा उद्योगहरु चलाउन दिने निर्णय गरेको हो ।” त्यस्तै सुरक्षाको मापदण्ड अपनाएर विकास निर्माणका आयोजनालाई समेत चल्न दिने भएको छ । कृषिको काममा समेत रोकावट नहुँने र सीमामा रहेका नागरिकलाई नेपालमा प्रवेश गर्न नदिने निर्णय गरेको उनले बताए ।

गहुँ काट्ने सिजन भएकाले हिउँदे बाली काट्ने र बर्षे बाली गर्ने लगायत कृषि कार्यका लागि वाह्य कृषि श्रमिक नल्याई काम गर्न अवरोध नगर्ने निर्णय पनि बैठकले निर्णय पनि बैठकले गरेको छ ।

https://www.facebook.com/arthapath/videos/536453200618847/


प्रतिक्रिया दिनुहोस्