कञ्चनपुरका किसानलाई अनुदानमा धानको बीउ

काठमाडौं । कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ। धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले धानको बीउ वितरणको व्यवस्था मिलाएको हो।
दुवै जिल्लाका २० स्थानीय तहका सहकारी र समूहलाई धानको बीउ खरिद र वितरणका लागि कार्यादेश दिइ धानको बीउ वितरणको व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताए। “सहकारी समूहलाई बिलका आधारमा धान बीउ खरिद र ढुवानी गरेवापतको रकम भुक्तानी गरिने छ”, उनले भने, “सहकारी समूहले बीउ खरिद र वितरणको काम गरिरहेका छन्।”
बन्दाबन्दीका बेला किसानको घरदैलोमै सेवा पु¥याउनका लागि सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको काम भइरहेको उनको भनाइ छ। किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ। माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ।
प्रतिपालिका ९स्थानीय तह० लाई २५० क्विन्टलका दरले समान आधारमा धानको बीउ वितरण गर्नका लागि बजेट परिचालन गरिएको छ। सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट मागमा आधारित कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि एक करोड बजेट प्राप्त भएको छ। वितरण गरिएको बीउबाट १० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने कार्यालय प्रमुख भट्टले बताए। जसबाट १० हजार बढी किसान लाभान्वित हुने भएका छन्। रासस