आज सातै प्रदेशका सरकारले यस्तो ल्याउँदैछन् बजेट ,स्वास्थ्य, कृषि, रोजागारीसहितका उत्पादनमुलक क्षेत्रलाई जोड

काठमाडौं। आजसातै प्रदेशका सरकारहरुले आर्थिक वर्ष २०७७/७८ का लागि बजेट ल्याउँदै छन् ।
विनियोजन गरेको बजेट लगातार २ आर्थिक वर्षमा पूर्ण क्षमताका साथ खर्च गर्न नसेकेका प्रदेश सरकारहरुले आज तेस्रो पटक पूर्ण बजेट सार्वजनिक गर्न लागेका हुन् ।
अन्तरसरकारी वित्त व्यवस्थापन ऐन अनुसार प्रदेश अर्थमन्त्रीले असार १ गते आगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत गर्नुपर्छ ।
कारोना भाइ्रस महामारीका कारण यसपटकको बजेट चालू वर्षमा विनियोजन गरिएको बजेटको अंक १० प्रतिशत बढीले घटाउँने तयारी गरीएको छ। लकडाउनले सबैतर्फका स्रोत खुम्चेको अवस्थामा बजेट घटाउनुपर्ने बाध्यता प्रदेश सरकारलाई आएको छ ।
सबै प्रदेशका सरकारले यसपटक कृषि, रोजागारीसहितका उत्पादनमुलक क्षेत्रलाई जोड दिएर बजेट ल्याउने भएका छन् । स्वास्थ्य क्षेत्रलाई पनि उनीहरुले प्राथमिकतामा राखेका छन् ।
बागमती प्रदेशले चालू वर्षको तुलनामा करिब ४ अर्ब रुपैयाँ बजेट वृद्धि गरेर ल्याउने तयारीगरेको छ । प्रदेश १, २, र कर्णाली प्रदेशले बजेट घटाएका छन् ।
त्यस्तै अन्य प्रदेशले चालू वर्षकै हाराहारीमा बजेट ल्याउने तयारीमा रहेका छन् । गण्डकी प्रदेशको पनि चालू वर्षको तुलनामा केही वृद्धि गरिने तयारी गरिएको छ ।
अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्षका लागि विनियोजन गरेको बजेटमा प्रदेश सरकारलाई दिने अनुदान साढे ९ अर्ब रुपैयाँ घटाएका छन् ।
चालू वर्ष विनियोजन गरिएको यस्तो बजेट १ खर्ब १ अर्ब ५४ करोड रुपैयाँ रहेकामा आगामी आर्थिक वर्षमा भने ९१ अर्ब ५४ करोड रुपैयाँ मात्र विनियोजन गरिएको छ ।