उद्योग मन्त्रीको उद्घोष छ महिनालाई पुग्ने खाद्यन्न, पेट्रोलमा ६८ पैसा नाफा « Arthapath.com
३ असार २०७७, बुधबार

उद्योग मन्त्रीको उद्घोष छ महिनालाई पुग्ने खाद्यन्न, पेट्रोलमा ६८ पैसा नाफा




काठमाडौं । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्री लेखराज भट्टले ६ महिनालाई पुग्ने खाद्मान्न स्टक रहेको बताएका छन ।

बुधबार राष्ट्रियसभाको बैठकमा आफ्नो मन्त्रालय अन्र्तगर्त विनियोजीत बजेटमाथि उठेको प्रश्नको जवाफमा बोल्दै भट्टले नेपाल सरकारसँग ६ महिनालाई पुग्ने खाद्यन्न छ ।

साथै उनले भारतलगायतका देशबाट तरकारी ल्याउनुपर्ने बाध्याता रहेको पनि बताए । उनले सरकारलाई पेट्रोलमा ६८ पैसामात्रै नाफा रहेको पनि बताए । त्यस्तै डिजेलमा ३ रुपैयाँ ३७ पैसा नाफा रहेको बताए ।

मन्त्री भट्टले नेपालमै व्यापक रोजगारीको अवसर सिर्जना गर्ने गरी बजेट आएको र विदेशबाट आएका बेरोजगार युवाहरुलाई सरकारले रोजगारी बनाउने र लघुउद्यमीलाई प्रत्साहन गर्ने बताए ।
मन्त्री भट्टले व्यापार घाटालाई समेत कम गर्ने र त्यसको लागी उत्पादनलाई जोड दिनुपर्ने बताए ।

त्यस्तै राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले देशमा लघु उद्यमीलाई थप शसत्त बनाएमात्रै विकास संभव रहेको पनि बताए । सरकारले बाँके, चितवन, मकवानपुर र कैलालीलाई औद्योगीक क्षेत्रको रुपमा विकास गरीन लागेको बताएका छन ।


प्रतिक्रिया दिनुहोस्