काठमाडौंमा आँपको माग बढ्यो, किलोको ४० देखि ६० रुपैयाँ

काठमाडौं। नोभल कोरोना भाइरस कोभिड १९ नियन्त्रणका लागी चैत ११ गतेबाट गरीएको लकडाउन असार १ गतेबाट केही खुकुलो भएपछि अाँपको माग बढेको छ ।
आजभोली काठमाडौंमा स्वदेशी आँपको खपत बढ्न थालेको व्यवसायीहरु बताउछन ।
लकडाउन खुकुलो भएसगै फलफूल बजारमा तराईबाट दैनिक डेढ सय टन आँप भित्रिने गरेको बजार व्यवस्थापन समितिले जनाएको छ ।
उपत्यकाको बजारमा दैनिक ६५ लाख रूपैयाँ बराबरको आँप बिक्री हुने थालेको छ । केही समय अघिदेखि नै बजारमा स्वेशी आँप आए पनी बिक्री भएको थिएन । लकडाउन खुकुलो भएसंगै आपको माग बढेको ब्यापारीहरुले बताउ छन ।
बजारमा आँप प्रतिकिलो ४० रुपैयाँदेखि ६० रुपैयाँमा बिक्री भइरहेको छ। आँपको गुणस्तर अनुसार मूल्य फरक फरक तय गरिएको बजार व्यवस्थापन समितिले जनाएको छ ।
अहिले केरा, मेवा र खरवुजाको बिक्री भने केही घटेको छ । आँपको सिजन सुरु भएकोले अन्य फलफूलको माग घटेको हो ।