नेपालमा सलह किरा भित्रियो, अव कृषि क्षेत्रमा के होला ?
काठमाडौं नेपालमा सलह किरा भित्रिएको पुष्टि भएको छ । २ महिनाअघि भारतमा दुःखदिएको सलह किराले नेपाली किसानलाई पनि दुःद दिन थालेको छ ।
नेपालको भारतसंग सिमा जोडिएका नाका क्षेत्रमा सलह देखिएको कृषि तथा पशुपंछी मन्त्रालयले जनाएको छ । नेपालको भारतसँग सिमा जोडिएका बाराको निजगढ तथा सिमरा र सर्लाहीको नवलपुरमा सलह देखिएको हो । कृषि मन्त्रालयले शनिबार सलह किरा भेटिएको पुष्टि गरेको छ ।
कोरोनाले थलिएको नेपालमा एकमात्र रोजगारीको अवसरको रुपमा रहेको कृषि क्षेत्रमा पनि सलह नामक खतरनाक भाइरस देखिएपछि अव कृषि क्षेत्र कसरी उठाउने चिन्ता छ ।