दशैंको मुखमा बुद्ध एयरका दुई जहाजमा एकैदिन समस्या, एउटा त दुर्घटनाबाट बालबाल बच्यो « Arthapath.com
११ आश्विन २०७८, सोमबार

दशैंको मुखमा बुद्ध एयरका दुई जहाजमा एकैदिन समस्या, एउटा त दुर्घटनाबाट बालबाल बच्यो



काठमाडौं । यसअघि नेपालकै सबैभन्दा सुरक्षित जहाजको रुपमा ब्राण्डिङ गर्दै आएको बुद्ध एयरका दुई जहाजमा सोमबार एकैदिन समस्या देखियो । आज विहानै काठमाडौंबाट विराटनगर र पोखराका लागि उडेका दुई विमानमा समस्या देखिएको हो ।

विहानै काठमाडौंबाट ७७ जना यात्रु बोकेर विराटनगर उडेको जहाज गन्तव्यमा पुगेर पनि उत्रन सकेन । सिनियर क्याप्टेन आङगेलु शेर्पाले उडाएको उक्त जहाज अवतरण गराउन खोज्दा दायाँतर्फको पाङ्ग्रा खुल्दै नदुलेपछि काठमाडौं नै फर्किएको थियो ।

जम्मा ४० मिनेटको उडानका लागि प्लेन चढेका यात्रुलाई दुई घण्टासम्म आकाशमा फन्को लगाएर पुनः काठमाडौंको त्रिभुवन विमानस्थलमा अवतरण गराइएको थियो । विराटनगरबाट विमान फर्किएपछि विमानस्थल पुरै खालि गरेर दमकल, एम्बुलेन्स र उद्धारकर्मीहरु खटाइएको थियो । विमानस्थलमा यसरी संभावित दुर्घटनासँग जुध्ने व्यवस्था भइरहँदा काठमाडौंको आकाशमा लगातार फन्को लगाइरहेको जहाजभित्र यात्रु भने आत्तिने र बेहोस हुने भइसकेका थिए ।

धेरै फन्को घुमाएपछि जहाजमा भएको हजाइ इन्धन सकिने बेलामा अवतरण गरिएको नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । आजै विहान साढे ७ बजे पोखराका लागि उडेको बुद्ध एयरको अर्को जहाज पनि ककपिट (पाइलट बस्ने ठाउँ)मा धुवाँ देखिएपछि काठमाडौं ल्याएर आकष्मिक अवतरण गराइएको थियो । उक्त जहाज पोखरा पुग्नै नसकी काठमाडौं फर्किएको थियो ।


प्रतिक्रिया दिनुहोस्