नेपाललाई उड्डयन कालोसूचीबाट हटाउन युरोपेली संघ सकारात्मक « Arthapath.com
७ मंसिर २०७८, मंगलवार

नेपाललाई उड्डयन कालोसूचीबाट हटाउन युरोपेली संघ सकारात्मक



काठमाडौं । युरोपेली संघले नेपाली उड्डयन क्षेत्रलाई कालोसूचीमा हटाउने आस्वासन दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलेको आग्रहमा युरोपेली संघको टोलीले यस्तो बताएको हो ।

मंगलबार मन्त्रालयमा भएको शिष्टाचार भेटका क्रममा मन्त्री आलेले नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउन आग्रह गरेका थिए । युरोपेली संघका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनीसँग मंगलबार भएको उक्त भेटमा कालो सूचीबारे छलफल भएको थियो ।

मन्त्री आलेको आग्रह पछि निर्देशक पम्पोलिनीले नेपाली उड्डयन क्षेत्रलाई कालो सूचीबाट हटाउने विषयमा युरोपियन युनियन सकारात्मक रहेको बताएका छन् । नेपाल र युरोपेली संघको संयुक्त आयोगको तेह्रौँ बैठकमा भाग लिन तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै पाओला गत शनिबार काठमाडौं आइपुगेका हुन् ।


प्रतिक्रिया दिनुहोस्