ओमिक्रोनको त्रासले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र « Arthapath.com
२ माघ २०७८, आईतवार

ओमिक्रोनको त्रासले पुनः सुस्ताउँदै पर्यटन क्षेत्र



मानमति पन्त

काठमाडौं । कोभिड महामारीको असरबाट विस्तारै लयमा फर्किंदै गरेको नेपालको पर्यटन क्षेत्र कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को त्रासले पुनः सुस्ताउन थालेको छ । पर्यटन क्षेत्रले लय लिँदै गर्दा ओमिक्रोन भेरियन्ट संक्रमण बढेसँगै पर्यटन क्षेत्र प्रभावित भएको छ ।

होटल संघ नेपाल (हान)की अध्यक्ष र्सिजना राणाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिनुपर्ने बताएकी छिन् । अहिले आफ्नो व्यावसाय भन्दा पनि सरकारले आम जनताको ज्यानलाई प्राथमिकतामा राखेर निर्णय गर्नु पर्ने बताइन् । सहज भए पश्चात कसरी मार्केट गर्ने भन्ने अध्ययन गरेर अगाडी बढ्नु पर्ने उनले धारणा राखेकि छिन् ।

‘मानव जीवन र अर्थतन्त्रको उत्तिकै महत्व रहेको छ ।’उनले भनिन्, ‘कोरोनाको अवधिमा पर्यटन उद्योगहरु मात्र खस्किएको होइन सम्पूर्ण क्षेत्रमा असर पुर्याएको थियो ।’ कोरोना भ्याक्सिनका कारणले पहिलो दोस्रो चरण जस्तो अहिले ओमिक्रोन खतरा रुपमा नदेखिएको उनको बुझाई रहेको छ ।

अब डराएर बसेर नहुने बरु कसरी अगाडी बढ्ने, सर्तकर्ता कसरी अपनाउने, आउने पर्यटकलाई कसरी सुरक्षित राख्ने, कुन–कुन मापदण्ड राख्ने सबैको अध्ययन गरेर अगाडी बढ्नु पर्ने उनले बताइन् । अहिले यस्तो अवस्थामा सकारात्मक सोच राखेर अगाडी बढ्नु पर्नेमा उनले जोड दिएकी छिन् ।

उनले थप्दै भनिन्, ‘संक्रमण बढे पनि एक्कासि बन्दाबन्दी गर्नु हुँदैन । मापदण्ड अपनाएर व्यवसाय सञ्चालन गर्न दिनुपर्छ, अत्यधिक संक्रमण बढेका विश्वका अन्य मुलुकबाट पनि केही सिक्नु पर्ने हुन्छ । अबका दिनमा हामीले स्वास्थ्य र आर्थिक क्षेत्रलाई ध्यानमा राखेर अगाडी पर्नु पर्ने हुन्छ । यसको लागि सरकारले पनि सहि कदम चाल्नु पर्ने हुन्छ जुन नीजि क्षेत्रलाई पनि सरकारले गरेको निर्णय प्रभावकारी होस् भन्ने अध्यक्ष रानाले विचार राखेकी थिइन् । उनका अनुसार पर्यटक आगमन संख्या कोरोनाका कारण लगभग आधिभन्दा बढी घटेको थियो । संक्रक्रमण घटे पश्चात केही लयमा फर्किदा पुनः नयाँ भेरियन्ट नेपालमा भित्रीन थालिसकेको अवस्था छ ।

हानका अर्का कर्मचारीका अनुसार, सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र पहिलो र दास्रो कोरोनाको अवधीको बिचमा रिवाइवल ज्यादै न्युन रहेको छ । पर्यटन र होटल उद्योगको रेसियो अझै पनि वृद्धि भएको देखिदैन । हामीले २०१९ बाट जसरी अगाडी बढ्यो २०२० मा आइपुग्दा लकडाउनमा होटेल खोल्नु र चलाउनु त सम्भव नै रहेको थिएन् । यसै कारणले गर्दा खेरी कोरोना अवधी २२ महिनामा कुनै होटल अझै संचालनमा आउन सकेका छैन, कतिपय आशिंक रुपमा चलेका, कोरोनाको बेला क्वारेन्टिन र आइसुलेसनमा राख्ने केही होटलहरुलाई मात्र तत्कालिन अवस्थामा अलिअलि चलेको अवस्था रहेको थियो ।

सरकार लकडाउन गरेको अवस्थामा सबै होटेल बन्द नै रहे त्यस पश्चात क्वारेन्टिनका लागि सुचिवद्ध भएका होटलहरु संचालनमा रहे । पहिलो र दोस्रो लहरको कोरोनामा होटलहरु चलाउनु भन्दा होटलको ढोका बन्द नै गर्नु प्रभावकारी देखिएको अवस्था रहेको थियो । अहिलेको ओमिक्रोनको लहर पनि दोधारको अवस्थामा रहेको उनले बताए ।

अहिले कोरोना संक्रमण संख्यामात्मक हिसाबले बढी र त्यसको गम्भीर असर कम हो की जस्तो आकलन व्यावसायिहरुले गरेका छन् । पछिल्ला दिनमा निरन्तर बढिरहेको संक्रमणले व्यवसायी मात्रै होइन, आम सर्वसाधारणलाई चिन्तित तुल्याएको छ । महामारीको प्रतिकूल परिस्थितिका बीच स्वास्थ्य मापदण्ड पालना गरेर पर्यटन व्यवसाय चलायमान बनाउन व्यवसायीले माग गरेका छन् ।

कुल जनसंख्यामध्ये आधाभन्दा बढीले कोभिडविरुद्धको खोप लगाएको र पछिल्लो भेरियन्ट ‘डेल्टा’जस्तो खतरनाक नभएको विज्ञले बताइरहेका छन् । तथापि, नयाँ भेरियन्टले चाँडो संक्रमण फैलने र माघको मध्यतिर अस्पतालमा बिरामीको चाप बढ्ने विज्ञको भनाइ छ ।

कोभिड संक्रमितको ग्राफ हेर्दा पछिल्ला १० दिनमा अत्यधिक संख्यामा संक्रमित बढेका छन् । पुसको तेस्रो साता झन्डै ३०० हाराहारी संक्रमित रहेकोमा पुस मसान्तसम्म पुग्दा पाँच हजार नाघिसकेको छ ।

पछिल्ला दिनमा कोरोना भाइरस संक्रमितको संख्या ह्वात्तै बढेपछि महामारी नियन्त्रणका लागि सरकारले सरोकारवाला निकायसँग छलफल गरिरहेको छ । यसै सन्दर्भमा पर्यटन क्षेत्रका व्यवसायीले स्वास्थ्य मापदण्डको पालना गरेर व्यवसायलाई निरन्तरता दिन माग गरेका हुन् ।

साथै उनीहरूले कोरोना संक्रमण भन्दै हठात् लकडाउन गर्ने जस्ता कार्यक्रमले विगतमा पर्यटन धराशयी भएको भन्दै त्यस्ता निर्णय नगर्न पनि सरकारसँग अनुरोध गरेका छन् । संक्रमण बढ्दै जाँदा सचेतना अपनाउने तथा खोपलाई प्रभावकारी बनाउँदै पर्यटनलाई चलायमान बनाउनुपर्ने व्यवसायीको सुझाव छ ।


प्रतिक्रिया दिनुहोस्