चन्द्रागिरी हिल्स १ करोड ७५ लाख ३० हजार रुपैयाँ नोक्सानीमा

काठमाडौं । चन्द्रगिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १ करोड ७५ लाख ३० हजार रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनी १२ करोड ३२ लाख ३९ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी ४०३.२७ प्रतिशत बढेर २५ करोड ९२ लाख ३० हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ५ करोड १५ लाख ९ हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको कुल आम्दानी ५४४.३९ प्रतिशत बढेर २१ करोड २० लाख ६१ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कमपनीको कुल आम्दानी ३ करोड २९ लाख ९ हजार रुपैयाँ रहेको थियो ।
समिक्षा अवधिमा कम्पनीको कुल खर्च १२३.६६ प्रतिशत बढेर ७ करोड ५ लाख २ हजार रुपैयाँ गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले ३ करोड १५ लाख २२ हजार रुपैयाँ कुल खर्च गरेको थियो ।
पौष मसान्तसम्ममा कम्पनीको चुक्ता पूँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ र जगेडा कोष ४३ करोड ७५ लाख ४४ हजार रुपैयाँ ऋणात्मक छ ।
कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपेयाँ २६ पैसा ऋणात्मकबाट घटेर २ रुपैयाँ २९ पैसा ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ७१ रुपैयाँ ४८ पैसा रहेको छ ।