नेपाल आउने पर्यटकले नगद बोक्नुपर्ने प्रावधान हट्यो « Arthapath.com
६ बैशाख २०७९, मंगलवार

नेपाल आउने पर्यटकले नगद बोक्नुपर्ने प्रावधान हट्यो



काठमाडौं । नेपाल आउने विदेशी पर्यटकले नगद बोक्नुपर्ने समस्या हटेको छ । विदेशी पर्यटकले नेपाल आउँदा नगद बोक्नुपर्ने प्रावधान हटाएपछि झण्झट हटेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरेको हो ।

यसअघि विमानस्थल अध्यागमन कार्यालयले विद्युतीय भुक्तानीमा समस्या आएको भन्दै पर्यटकहरुलाई ‘अन अराइभल भिसा’ का लागि नगद २ सय अमेरिकी डलर साथमा ल्याउनुपर्ने प्रावधान गरेको थियो । तर उक्त प्रावधान गरेपछि विरोध भएको थियो ।

विमानस्थलको अध्यागमन कार्यालयमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम मेसिन जडानको काम शुरु भईसकेकोले अनअराइभल भिसाका लागि नगदै बोकेर आउनुपर्ने प्रावधान हटाइएको विमानस्थलका प्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्