चन्द्रागिरी हिल्सको नोक्सानी घट्यो, ईपीएस २.५६ रुपैयाँ ऋणात्मक « Arthapath.com
१६ बैशाख २०७९, शुक्रबार

चन्द्रागिरी हिल्सको नोक्सानी घट्यो, ईपीएस २.५६ रुपैयाँ ऋणात्मक



काठमाडौं । चन्द्रागिरी हिल्स लिमिटेडको चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा सञ्चालन आम्दानी १४१.२६ प्रतिशत बढेर ४२ करोड ३ लाख १८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीले १७ करोड ४२ लाख २० हजार रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको २ करोड ९४ लाख रुपैयाँ नोक्सानीमा रहेको छ । गत आर्थिक बर्षको सोही अवधिमा कम्पनी १८ करोड ११ लाख २० हजार रुपैयाँ नोक्सानीमा रहेको थियो । गत आर्थिक बर्षको सोही अवधिको तुलनामा समिक्षा अवधिमा कम्पनीको नोक्सानी घटेको छ ।

यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २ रुपैयाँ ५६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७० रुपैयाँ ७ पैसा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीको चुक्ता पूँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ र जगेडा कोष ४४ करोड ९४ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्