‘धार्मिक पर्यटनबाटै नेपालले आर्थिक विकास गर्छ’ « Arthapath.com
३० भाद्र २०७९, बिहीबार

‘धार्मिक पर्यटनबाटै नेपालले आर्थिक विकास गर्छ’



काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपाल–भारत धार्मिक पर्यटनका सम्बन्धमा भारतीय जगतगुरु अनन्त विभूषित जगतगुरु सूर्याचार्य कृष्णदेवनन्द गिरी जी महाराजसंग बिहीबार पर्यटन बोर्डमा छलफल गरेको छ ।

सूर्यपीठ गुरुस्थान मुरली आश्रम द्धारकाका पीठाधिश्वर समेत रहेका जगतगुरु नेपालको धार्मिक भ्रमणका क्रममा दुई साता देखि नेपाल भ्रमणमा रहेका छन् । उनले भारतको केदारनाथमा बाढिपहिरोबाट केदारनाथ मन्दिरमा क्षति पुगेपछि केदारनाथको शिर नेपालको भक्तपुर स्थित डोलेश्वर महादेव भएको भनि जानकारी दिने भारतीय गुरु समेत हुन् ।

उनले नेपाल धार्मिक तथा एतिहासिक दृष्टिले पुण्यभूमि भएको बताउँदै धार्मिक पर्यटनबाटै नेपाले ठूलो आर्थिक विकास गर्न सक्ने धारणा राखे ।

उनले हरेक भारतीय नेपालको पशुपतिनाथ, मुक्तिनाथ लगायतका धार्मिक स्थानमा एकपटक आउन चाहने उल्लेख गर्दै हवाई नेक्टिभिटी, स्थलमार्गको सहज यातायात तथा अन्य पर्यटकीय सुविधाको लागि थप ध्यान दिन नेपाल सरकालाई आग्रह गरे ।

यस्तै उनले नेपालको धार्मिक पर्यटन विकासको लागि भारतीय सरकारको सहयोग लिन र आफ्ुनो तर्फबाट हुने सहयोगको लागि आफ्ु सधैं तत्पर रहने प्रतिवद्धता समेत व्यक्त गरे ।

कार्यक्रममा बोर्डका वरिष्ठ निर्देशक नन्दिनी लाहे थापाले भारत नेपालको लागि महत्वपूर्ण पर्यटकीय स्रोत बजार भएको उल्लेख गर्दै भारतीय पर्यटकको सेवा सुविधा र अन्य व्यवस्थाको लागि नेपाल सधै सकारात्मक रहेको बताए ।

बोर्डका निमित्त बजार निर्देशक लक्ष्मण गौतमले जगतगुरु जस्तो व्यक्तिले नेपालको पर्यटनमा चासो राख्नु सबै नेपालीका लागि सकारात्मक विषय भएको भन्दै बोर्डले भारतमा आफ्नो विषेश ध्यानकासाथ बजारीकरण गरिरहेको जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्