जाम्नको ‘प्रमोट योर होमटाउन’, उत्कृष्टले पाउनेछन् ३० हजार नगद   « Arthapath.com
१५ मंसिर २०७९, बिहीबार

जाम्नको ‘प्रमोट योर होमटाउन’, उत्कृष्टले पाउनेछन् ३० हजार नगद  



काठमाडौं । नेपालको पहिलो अनलाइन ट्राभल बुकिङ प्लाटफर्म जाम्नले ‘प्रमोट योर होमटाउन’ अभियान सुरु गरेको छ ।

यस अभियानअन्तर्गत आफ्नै घरगाउँको ऐतिहासिक ठाउँ, होटल, पर्यटकीय गन्तव्यहरुको प्रवद्र्धन गर्नेले ३० हजारसम्म नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

यो अभियानमा सहभागी हुन इच्छुकले जाम्नलाई कुनै पर्यटकीय ठाउँको भिडियो बनाएर पठाउनु पर्नेछ । पठाएको भिडियो जाम्नले पोस्ट गरिसकेपछि भिडियो पठाउने व्यक्तिहरुले ह्यास ट्यागसहित प्रमोटिङ नेपाल, ट्राभल विथ जाम्न लेखेर आफ्नो सामाजिक सञ्जालका खाताहरुमा सेयर गर्नुपर्ने छ ।

यसरी सेयर गरिएको भिडियोको भ्युज, लाइक र कमेन्ट्सका आधारमा उत्कृष्ट घोषणा गरी उक्त नगर पुरस्कार दिइनेछ ।


प्रतिक्रिया दिनुहोस्