श्री एयरलाइन्सका सबै उडान बन्द , प्राधिकरणले थाल्यो छानबिन « Arthapath.com
२६ फाल्गुन २०७९, शुक्रबार

श्री एयरलाइन्सका सबै उडान बन्द , प्राधिकरणले थाल्यो छानबिन



काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले आज देखि श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको छ । बिहीवार (फागुन २५ गते) काठमाडौंबाट भैरहवा जाँदै गर्दा इन्जिनमा आगो देखिएको घटनापछि प्राधिकरणले श्री एयरलाइन्सका सबै जहाजको उडानमा रोक लगाएको हो। प्रधिकरणले यो घटनाको छानबिन थालेको र छानबिन नसकिएसम्मका लागि सबै जहाजको उडानमा रोक लगाएको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्