ट्रान्क्युलिटी स्पाले गर्‍यो फिट फेस्टमा हाइकिङ « Arthapath.com
१३ चैत्र २०८०, मंगलवार

ट्रान्क्युलिटी स्पाले गर्‍यो फिट फेस्टमा हाइकिङ



काठमाडौ । ट्रान्क्युलिटी स्पाले फिट फेस्ट कार्यक्रम सम्पन्न गरेको छ । फिट फेस्ट कार्यक्रम अन्तरगत काठमाडौको शिवपुरी नागर्जुन राष्ट्रिय निकुञ्जमा शनिबार हाइकिङ कार्यक्रम गरिएको थियो ।

स्पा क्लबमा आवद्ध २ सय ग्राहक हाइकिङमा सहभागी भएका थिए । हाइकिङ कार्यक्रममा सहभागीहरु काठमाडौ पाँच तारे सेल्टी होटलमा परिसरमा रहेको ट्रान्क्युलिटी स्पामा भेला भई बुढानिलकण्ठमा पुगेको थिए ।

सहभागीले बुढानिलकण्ठको शिवपुरी राष्ट्रिय निकुञ्जबाट बिष्णुद्वारसम्म १२ किलोमिटर हाइकिङ गरेका थिए । हाइकिङको क्रममा ढकमक्क फुलेको लालिगुँरासको मनोरम दृश्यसहित चराचुरुंगीको आवाज सुन्दै सहभागीले मनोरञ्जन लिएका थिए ।

स्पाका अध्यक्ष भुवन फैजुले राष्ट्रिय निकुञ्जबाट फकिएर बुढानिलकण्ठमा अवस्थित पाँच तारे लेवन ट्री प्रिमियर होटलमा समापन कार्यक्रम आयोजना गरिएको बताए ।

कार्यक्रममा ट्रान्क्युलिटी स्पाका ग्राहकहरु विच विभिन्न प्रतियोगिता र मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरिएको थियो । प्रतियोगितामा विजेताहरुले थाइल्याण्डको बैंकक टुरदेखि पोखरा टुर प्याकेज जितेको थिए ।


प्रतिक्रिया दिनुहोस्