३३ प्रतिशत बढ्यो कालिञ्चोक दर्शनको व्यापार, ३५ वटा कोठाको सुविधासहित होटेल निर्माणको तयारी « Arthapath.com
१९ चैत्र २०८०, सोमबार

३३ प्रतिशत बढ्यो कालिञ्चोक दर्शनको व्यापार, ३५ वटा कोठाको सुविधासहित होटेल निर्माणको तयारी



काठमाडौं । कालिञ्चोक दर्शनको व्यापारमा बढोत्तरी देखिएको छ । कम्पनीको व्यापार एकै वर्ष ३३ प्रतिशत बढेको हो ।सन् २०२३ मा कम्पनीले ७ करोड ६० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ ।

जुन अघिल्लो वर्ष २०२२ को तुलनामा ३३.३३ प्रतिशत बढी हो । अघिल्लो वर्ष पनि कम्पनीले ५ करोड ७० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । सन् २०२१ मा पनि कम्पनीले ३ करोड ७० लाख बढीको व्यापार गर्न सफल भएको थियो ।

पछिल्लो दिन वर्षमा कम्पनीले १७ करोड रुपैयाँ बराबरको व्यापार गरेको हो । चालु आर्थिक वर्षको ६ महिनामै कम्पनीले ३ करोड ४४० लाख बढीको व्यापार गरेको छ ।

विशेषगरि पर्यटक आगमनमा आएको बढोत्तरीले नै कम्पनीको व्यापार बढेको हो । हाल आन्तरिक तथा बाह्यक पर्यटकहरुको आगमन क्रमिक रुपमा बढेको कम्पनीले जनएको छ । यो कम्पनीले सन् २०१८ मा स्थापना भएको हो । हाल यसले केबलकारको सुविधा दिँदै आएको छ। ६ महिनामा ६५ हजार पर्यटकले केबलकारको सुविधा लिएको कम्पनीले जनाएको छ । दोलखामा अवस्थित उक्त केबलकार एक किलोमिटर लामो छ । केबलबारमा प्रतिघण्टा १९२ जनाले यात्रा गर्न सक्ने क्षमता छ भने यसमा ४ वटा गोन्डोला रहेको छ ।

कम्पनी मार्फत केबुलकार, होटल तथा रिसोर्ट र एम्यूजमेन्ट पार्क लगायतका परियोजना सञ्चालन गर्ने तयारी छ । विशेषगरि कम्पनीले कालिन्चोकमा होटेल निर्माण गर्न लागेको छ । कम्पनीले ३५ वटा कोठाको सुविधासहित होटल निर्माण गर्ने तयारी गरेको हो । कम्पनीको अध्यक्ष बालकृष्ण शिवाकोटी हुन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शिवाकोटी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्