भारतीय बाइक राइडर नेपालमा, साहसिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा « Arthapath.com
२२ असार २०८२, आईतबार

भारतीय बाइक राइडर नेपालमा, साहसिक पर्यटन प्रवर्द्धन हुने अपेक्षा



काठमाडौं । नेपाल र भारतबीच साहसिक तथा सांस्कतिक प्रवर्द्धन गर्ने उद्धेश्यले भारतबाट ३० जना अपाचे बाइक राइडर नेपाल आएका छन् ।

भारतका विभिन्न प्रान्तबाट गोरखपुर हँदै नेपाल प्रवेश गरेको वाइकर टोली पोखरा र मुस्ताङ्गको भ्रमण गरि काठमाण्डौं आइपुगेको हो ।

काठमाडौं आएको टोलीलाई आज नेपाल पर्यटन बोर्डमा फ्लाग अफ गरि बाँकी यात्राका लागि शुभकामना व्यक्त गरिएको छ । फ्लाग अफ कार्यक्रममा नेपाल पर्यटन बोर्डका निर्देशक तथा सूचना अधिकारी मणिराज लामिछानेले नेपालमा पछिल्लो समय साहसिक पर्यटनका गतिविधि बढिरहेको सन्र्दभमा आयोजना गरिएको बाइक राइडरहरुको यो यात्राले नेपालको साहसिक तथा सांस्कतिक पर्यटन प्रर्वद्धन हुने बताए ।

“नेपाल प्रकृति संस्कति र साहसिक पर्यटनको केन्द्र नै हो । नेपालमा साहसिक पर्यटनको लागि विभिन्न ढंगले पर्यटक आउने गरेका छन् । तर आफै राईड गरेर नेपाल घुम्दा हुने अनुभव पक्कै थप रोमाञ्चकारी भएको हुनुपर्छ । खासगरि भारतीय पर्यटकका लागि नेपालमा धार्मिक र सांस्कतिक पक्ष पनि जोडिने भएकाले यस प्रकारका यात्रा थप प्रभावकारी हुने अपेक्षा गर्न सकिन्छ” उनले भने ।

भारतीय राइडरको टोलीमा नेपालका १० जना राइडर थपिएर सोमबार काठमाडौं, ललितपुर, भक्तपुर काभ्रेको धलिखेसम्मको यात्रा तय गर्ने आयोजक जगदम्बा मोटर्स (टीभिएस नेपाल) का बजार प्रबन्धक प्रशान्त राजभण्डारीले बताए । उनका अनुसार काठमाडौंको यात्रा सकेर भारतीय राइडरको टोली चितवन सौराहाको जाने र चितवनबाट बुटबल सुनौली हँदै भारत प्रवेश गर्ने कार्यक्रम रहेको छ ।


प्रतिक्रिया दिनुहोस्