पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार, लेखा समितिबाट अख्तियारमा पुग्यो फाइल

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचारको भएको देखाउँदै संघीय संसद्को सार्वजनिक लेखा समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छानबिन गर्न सुझाव दिएको छ ।
बुधबार बसेको समितिको बैठकले उपसमिति मार्फत तयार पारिएको प्रतिवेदनलाई सानो भाषिक संशोधनसहित पारित गर्दै अख्तियारमा पठाउने निर्णय गरेको हो। समितिले प्रतिवेदन र लेखा समितिको निर्णय समेत समावेश गरेर शुक्रबार फाइल अख्तियारमा बुझाइएको छ।
लेखा समितिको निर्देशनअनुसार अब अख्तियारले सो विषयमा औपचारिक रूपमा अनुसन्धान अगाडि बढाउनेछ ।