विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारनै मेरो मुख्य एजेण्डा हो « Arthapath.com
२९ आश्विन २०७६, बुधबार

विदेशमा रहेका नेपालीलाई मतदानको अधिकारनै मेरो मुख्य एजेण्डा हो




धर्मराज अधिकारी, उपाध्यक्षका उम्मेदवार, गैर आवासिय नेपाली संघ (एनआरएनए)

मैले गर्नसक्ने मेरो देश प्रति कति इमामन्दार भएर गर्नसक्छु


नुवाकोटको तारुकामा २०२७ सालमा जन्मिएका धर्मराज अधिकारी हाल गैर आवासिय नेपाली संघ (एनआरएनए)को उपाध्यक्ष पदका उम्मेदवार छन । २०५२ सालमा अष्टेलिया छिरेका अधिकारी अहिले करिव २ सय होटल रेष्टुरेन्टको मालिक छन । नम्र स्वभावका अधिकारी २०४६ सालको जनआन्दोलनमा राजधानीको रत्नपार्कमा गोली लागेका व्यक्ति हुन । विद्यार्थीकालदेखीनै अखिलको राजनितीमा लामगेका अधिकारी प्रवासी नेपाली मञ्च अष्टेलियाको सन २००९ देखी २०१२ सम्म अध्यक्ष रहेका थिए । हाल एनआरएनएको नओं विश्वसम्मेलन राजधानीमा चलिरहेको छ । विगतमा एनआरएनए ओसियाना क्षेत्रिय संयोजक भैसकेका अधिकारी नऔं सम्मेलनमा उपाध्यक्ष पदका प्रत्यसि छन । विदेशमा रहेका नेपालीलाई पनि मताधिकार दिनुपर्छ र नेपालमा विदेशी लगानी भित्र्याउनुपर्छ भन्ने मान्याता राख्ने अधिकारीले आफ्ना निर्वाचन केन्द्रित ७ बुँदे एजेण्डा प्रश्तुत गरिसकेका छन । भविष्यमा समाजसेवामा आउने सोच बनाएको बताउने अधिकारीले एनआरएनए सम्मेलनमा कुमार पन्त अध्यक्ष रहेको प्यानलबाट उपाध्यक्ष्मा उम्मेदवारी दिएका छन । उनै अधिकारीसँग सम्मेलन स्थालमै पुगेर गरेको कुराकानीको सारसंक्षेप ः–


किन एनआरएनएको अधिवेसनमा उपाध्यक्षको उम्मेदवार बन्नुभएको ?
हाम्रा अग्रजहरुले नेपालमा जन्मिएर जहाँ पुगेपनि जन्मभुमिप्रति सम्झनाको लागी यो संघ गठन गरे । गैर आवासिय नेपालीहरु जहाँ पुगेपनि उनिहरुविच मेलिमिलाप सद्भाव हुनुपर्छ भन्ने अभिप्रायले यो संस्था जन्मियो भन्ने लाग्छ । सन २००३ मा यो संस्था स्थापना भयो म २००५ देखीनै संस्थामा आवद्ध रहँदै आएको छु । म २००५ देखी नै लागेपनि पदमा रहन चाहिन अरु साथिहरुलाई सहयोग गर्दै आएँ । म एक कार्यकाल २०१५–२०१७ राष्ट्रिय समन्वय परिषदको सदस्य भएर काम गरिसकेकाले र म हाल अष्टेलियामा रहँदै आएको र त्याहाँ ठुलो संगठन भएकोले म उम्मेदवार बन्ने निधो गरेको हुँ । अन्य देशमा रहेका धेरै साथिहरुको सुझाव, आफु पनि योपदमा जिम्मेवारी पाए गर्नसक्छु भन्ने लागेर उम्मेदवार भएको छु ।


तपाँईले चुनाव जित्ने आधारहरु के के हुन ?
अहिलेको माहौल मेरो पक्षमा छ, चुनाव जितिने अवस्था छ । म चुनाव जित्छु । मतदाता मेरो पक्षमा छन ।


एनआरएनए अधिवेसनमा राजनितीकरण भयो भन्न्छि, तपाइँ पनि कुमार पन्तको प्यानलबाट चुनाव उठ्नुभयो होइन ?
त्यस्तो राजनितीकरणको कुनै राग देखिएको छैन । कुमार पन्तज्युले एक कार्यकालमात्र काम गर्ने प्रतिवद्धता जनाउनु भएको छ । विगतका अध्यक्षज्युहरुले २÷२ कार्यकाल काम गर्नुभयो । अहिले हामिले बनाएको टिम एकदमै समावेसी र सक्रिय टिम छ । राजनितीक आस्था त सबैले राख्छन । यो टिमका कुनै राजनितीक पार्टीको हस्तक्षेप छैन ।


तपाईको एजेण्डा के हो एनआरएनएमा ?
समावेसी र सुदृढ संगठन बनाएर लैजाने । अर्को भनेको नेपालमा लगानी कसरी भित्र्याउन सकिन्छ भन्ने हो । आफुमात्र धनि बन्ने नभई समाजलाईनै धनि बनाउनेगरी सामाजलाई माथि उठाउनेगरी लगानीमा ध्यान दिने । ठुला ठुला प्रोजेक्टमा एनआरएनएले लगानी गर्ने संस्था आफैले लगानी गर्ने नभई उसले व्यक्तिले गर्ने लगानीलाई फ्यासिलिटेड गर्दिने हो । अर्को मुद्धा भनेको एक पटकको नेपाली सधैं नेपाली भन्ने हो । विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिनुपर्छ भन्ने मेरो मुख्य एजेण्डा हो ।


गैर आवासिय नेपालीहरु नेपालमा २ वर्षमा एक पटक आउने र काम केही नगर्ने गफ मात्रै गर्छन भन्ने छ नि ?
आजको दिनमा कोही नेपालि विदेशीन्छ भने गैर आवासिय नेपाली हुन्छ । त्यसरी जाँदा सरकारले कुनै सुविधा दिएर गएको होइन । एनआरएनए नाफा रहित संस्था हो यो संस्थाले कसैलाई केही गर्दिन सक्दैन । एनआरएनएले नेपालमा शिप, र दक्षता हस्तान्तरण गरिन्छ । कुनै ठुला प्रोजेक्ट बन्दै छ । हामीले कमाएको पैसान कलेक्सन गरेर सामाजीक काममा खर्चेका छौं । नेपाल सरकारले लगानीका संन्र्दभमा केही अपेक्षा राखेको छ अव आउने नया नेतृत्वले त्यसमा पनि ध्यान दिनेछ । प्रविधिको हकमा विदेशमा आइटिको विकास धेरै अगाडी छ । हामीले नेपाल प्रविधि भित्र्याउन सकिन्छ, हिजोसम्म बोलिएको छ, अव व्यावहारमा उतार्न चाहन्छौं ।


तपाँई नुवाकोटमा जन्मेर अष्टेलियजस्तो विकासित देशमा २४ वर्ष बस्नुभयो नुवाकोट र आफु जन्मेको गाउँ तारुकाको लागी के गर्नुभयो ?
पहिले त म आफु पेरो परिवारको लागी गर्ने हो । त्यसपछि म जन्मेको ठाउँ जिल्ला अनि नेपालको लागी केही गर्ने हो । अहिलेको नेताहरुले जनतासँग चुनिएर गएकाले त यो यो गरेँ भनेर लिष्ट देखाउन सक्दैनन् भने मैले त के गर्नु । मेरो परिवारलाई खुसि राखेको छु । म कुनै नेता होइन तर म जन्मेको गाउँ तारुकाका जनताले धेरै अपेक्षा गरेका होलान म प्रति । मैले मेरो गाउँको लागी धेरै गर्न बाँकी छ अवसर आएको खण्डमा गरेर देखाउँछु ।


एनआरएनएमा तपाई नेतृत्मा आएमा के के गर्नु हुन्छ ?
नेपाललमा सरसफाई धुलो मुक्त काठमाडौं बनाउने । नेपालको मुहार चेन्ज गर्न एकदमै सजिलो छ । प्रत्येक नेपालीलाई सभ्य बनाउृनु पर्छ । त्यसको लागी प्रत्येक नगरपालिका र गाउँपालिकालाई स्टमेटिक बनाउन मेरो व्यक्तिगत लगानी पनि आउँछ । म त्यै नुवाकोटको माटोमा जन्मेर १५ सयको चेक बोकेर विदेश हिँडेको मान्छे अहिले राम्रो छ । मैले गर्नसक्ने मेरो देश प्रति कति इमामन्दार भएर गर्नसक्छु भोलि चुनाव जितेपछि गर्नेछु ।


नेपालमा आएर राजनिती वा समाजसेवा गर्ने सोच छ ?

म कसैको राजनितीक भाग खोस्दीन । म नेपाल फर्केर कसैको राजनिती हरण गर्दिन । राजनितीक मान्छे हुँ, याहाँ आएर जाननिती पनि भोलेन्टियर गर्नेछु । मैले आजको दिनसम्म नेपाली नागरिकता त्यागेको छैन त्यसैले नुवाकोटका केही नेताहरुले भाग खोस्छकी भन्ने सोचेका होलान तर म त्यसो गर्दिन । पार्टीको नेतृत्व वर्गले मेरो आवश्यकता देखेर जिम्मेवारी दिएको खण्डमा पछि हट्दीन । मैले जानेको शिप र ज्ञान दिने हो ।


समाजसेवामा कहिले आउने सोच छ ?
अव छिट्टै नै समाज सेवामा आउँछु । पहिला त म स्थापित हुनुप¥यो । २४ वर्ष अगाडी मैले अष्टेलिया गएर भाडा माजेको मान्छे हुँ । मैले नेपालको सम्पती लगेको छैन ।


प्रतिक्रिया दिनुहोस्