बिल गेट्सलाई सी चिनफिङले पठाएको पत्रमा के छ ? « Arthapath.com
१० फाल्गुन २०७६, शनिबार

बिल गेट्सलाई सी चिनफिङले पठाएको पत्रमा के छ ?



काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले विनाशकारी कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि सहयोग गरेको भन्दै विश्वकै धनी बिल गेट्सलाई पत्र पठाएका छन । कोरोना भाइरस नियन्त्रणका लागि बिल गेट्सको अगुवाईमा खोलिएको बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसनले १० करोड अमेरिकी डलर सहयोग गरेको थियो ।

महामारी नियन्त्रणका लागि अन्तर्राष्ट्रिय दायित्व अनुसार सहयोगको घोषणा गरेको फाउन्डेसनका संस्थापकहरुले बताएका थिए । कोविड(१९ नाम दिइएको यस महामारीका कारण अहिलेसम्म २ हजार ३ सय ४५ जनाको मृत्यु भइसकेको छ भने ७६ हजारभन्दा बढी प्रभावित भएका छन्। यसको सङ्क्रमण विश्वका २५ देशमा देखिएको छ ।

राष्ट्रपति चिनफिङले ‘तपाईको सहयोगको प्रतिबद्धतालाई मैले गहिरोसँग मनन गरेको छु । अति महत्वपूर्ण र संवेदनशील क्षणमा चिनियाँ नागरिकप्रति तपाईहरुले देखाउनु भएको सहानुभूति र ऐक्यबद्धताप्रति हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ ।’ पत्रमा उल्लेख गरिएको छ ।

उनले चीन अहिले महामारीविरुद्ध लडिरहेकाले संकटपूर्ण अवस्थामा रहेको पनि पत्रमा उल्लेख गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्